| शनिबार, कार्तिक २८, २०८३

काङ्ग्रेसको अगुवा कार्यकर्तालाई प्रशिक्षण

नेपाली काङ्ग्रेस पालुङ्टार नगर समितिको आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण भएको छ ।

वडा नम्बर ४ मा काङ्ग्रेस नगर सभापति दिपकबाबु कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति राष्ट्रियसभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले नेपाली काङ्ग्रेसले आफ्नो कार्यदिशा अनुसार गाउँस्तरमा कार्यकर्ता प्रशिक्षण अभियान चलाएको बताए । ‘हामी गाउँ र टोलटोलमा पुगेर काङ्ग्रेसको बिधान र योजना बारे जानकारी गराउन देशब्यापी अभियान चलाईरहेका छौँ’ उनले भने ।

काङ्ग्रेस जिल्ला सभापति हरिबहादुर घले, महासमिति सदस्य तथा गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सतार, काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङ, गोरखा नगरपालिकाका नगर सभापति चन्दनबाबु खत्री, पालुङ्टार नगरपालिकाका सचिव बिमल ढकाल, राजनीतिक परामर्श समिति सदस्य चेतकुमारी श्रेष्ठ लगायतले धारणा राखेका थिए ।

काङ्ग्रेस गोरखाका प्रवक्ता रामप्रसाद भण्डारीले काङ्ग्रेसको संसोधित विधान, कार्ययोजना र रणनीतिका बारेमा प्रशिक्षण दिएका थिए । पाँच सय भन्दाबढि कार्यकर्ताको उपस्थिति रहेको क्षेत्रीय सभापति गोबिन्द गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्