
नेकपाको गोरखा नगरपालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को गोरखा नगरस्तरीय कमिटिको आयोजना शुक्रवार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी कार्यालय पाटेचौरमा आयोजित एक कार्यक्रमका बिच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक बिचार, संगठन र सिद्धान्तका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।
नगर कमिटि अध्यक्ष विशेश्वर कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले पार्टी अनुशासन र संगठन परिचालनका बारेमा जानकारी गराए । अर्का प्रशिक्षक केन्द्रिय सदस्य हरिराज अधिकारीले नेकपा पार्टी र सदस्यहरुको भुमिकाको बारेमा प्रशिक्षण दिएको नगर कमिटि अध्यक्ष कट्टेलले बताए । योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर दिनेशचन्द्र देवकोटाले आर्थिक समृद्धी र समाजवाद प्राप्तीका बारेमा प्रशिक्षण दिएका हुन् ।
प्रशिक्षकहरुको प्रशिक्षणपछि नेकपाका गोरखा जिल्ला इन्चार्ज कृष्ण धितालले समिक्षा र सानुमाया बस्नेतले स्वागत मन्तब्य राखेका थिए राखेका थिए । प्रशिक्षणमा नगर कमिटी, वडा, टोल र स्थानीय वृद्धीजिवीको समेतको सहभागीता रहेको अध्यक्ष कट्टेलले जानकारी दिए । गत कात्तिकमा बसेको नगर कमिटि बैठकले गरेको निर्णय अनुसार वडा र टोल स्तरको संगठन निर्माण गरेपछि प्रशिक्षण कार्यक्रम गरिएको अध्यक्ष कट्टेलले बताए ।
पार्टीको सैद्धान्तीक, ब्यवाहारिक ज्ञानका बारेमा जानकारी दिन वडा र टोल स्तरमा पुन प्रशिक्षण कार्यक्रम संचालन गर्ने योजना रहेको नगर समितिले जनाएको छ ।




