| शनिबार, कार्तिक २८, २०८३

पोखरामा नेकपालाई भोट माग्दै नेपाल परिबार दल

 

कास्की क्षेत्र नं. २ को आसन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाल परिवार दलले नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीलाई सहयोग गर्ने भएको छ ।

पार्टी निर्णयअनुसार मंगलबार विहान नेकपाकी उम्मेदवार विद्या भट्टराईको निवासमा पुगेर परिवार दलका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापा लगायतका नेता कार्यकर्ताले मतदानमा सघाउने र प्रचारप्रसारमा जुट्ने प्रतिवद्धता जनाएका हुन् ।

सोही सहमतिअनुसार परिबार दल मंगलवारदेखि भट्टराईका लागि भोट माग्ने अभियानमा जुटेको छ । चुनावी सभा र घरदैलोमा साथ दिएर नेकपालाई विजयी गराउन कम्मर कसेर लाग्ने प्रदेश संयोजक थापाले जानकारी दिए । सो पार्टीले यसअघिको आम निर्वाचनमा पनि नेकपा गठनबन्धनलाई सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्