
समाजवादी पार्टीको पानपा ८ कमिटी गठन
दरौंदी : समाजवादी पार्टीले पालुङटार नगरपालिका वडा नं ८ मा कमिटि गठन गरेको छ ।
कुलराज श्रेष्ठ अध्यक्ष रहनेगरी ३३ सदस्यीय वडा कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा पुष्पा तामाङ, हरी बासे, तेज बहादुर पन्त, सचिवमा राजेन्द्र काराखेती, सह सचिवमा वाणिप नारायण श्रेष्ठ र कोषाध्यक्षमा भरतराज काराखेती रहेका छन् ।
पार्टीका केन्द्रिय सदस्य एवंम् गण्डकी प्रदेश सांसद हरीशरण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष शान्ता न्यौपाने, जिल्ला सदस्य होपबहादुर नेपाली, पार्टीको पालुङटार नगरपालिकाका अध्यक्ष अशोक देवकोटा, उपाध्यक्ष देवीमाया गिरी लगायतले मन्तब्य ब्यक्त गरेका समाजवादी पार्टीका पालुङटार नगरपालिका स्तरीय कमिटिका सचिव सन्तोष पोखरेलले जानकारी दिए




