| शनिबार, कार्तिक २८, २०८३

काङ्ग्रेस गोरखाद्वारा बिभिन्न ठाउँमा जागरण अभियान

राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काङ्ग्रेस गोरखाले गोरखा क्षेत्र नं. १ प्रदेश क को बिभिन्न ठाउँमा कार्यक्रम सम्पन्न गरेको छ ।
गोरखाको क्षेत्र नं. १, प्रदेश कमा जागरण अभियान सञ्चालन गर्न आएका केन्द्रीय प्रतिनिधि गोविन्द पुडासैनीका अनुसार अहिलेसम्म प्रदेश क को शहीद लखन गाउँ पालिकाको चार ठाउँमा कार्यक्रम सम्पन्न भएको छ । मनकामनामा, बतासेमा र बुंकोटमा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै गण्डकी गाउँपालिकाको फुजेल, घ्याल्चोक र ताङ्लिचोकमा पनि कार्यक्रम सम्पन्न भएको उनले बताए । त्यस्तै गोरखा नगरपालिका १ र २ को ताप्लेमा फिनाम र नारेश्वरमा पनि सम्पन्न भएको उनले बताए ।


ती कार्यक्रमहरुमा सहभागीहरुले स्थानीय जनप्रतिनिधिको काम प्रभावकारी भएको तर, प्रदेश र केन्द्र सरकारको काम प्रभावकारी नभएको गुनासो आएको उनले बताए । साथै युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने, महिला सशक्तिकरणको आवाज उठाउनु पर्ने, पार्टीभित्र गुट उपगुट आउन नहुने सुझाव दिएका थिए ।

अभियानका कार्यक्रमहरुमा जिल्ला कोषाध्यक्ष कृष्ण आले, क्षेत्रीय सभापति धिरन थापा, महासमिति सदस्य तथा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, महिला संघकी नगर सभापति तथा उपमेयर विनाकुमारी श्रेष्ठ, जिल्ला सदस्य विश्वदेव श्रेष्ठ, दीपक भट्टराई, कमला लामिछाने, लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्