| शनिबार, कार्तिक २८, २०८३

शहीद लखन गाउँपालिकामा संविधान दिवस

 

संविधान दिवसको अवसरमा शहीद लखन गाउँपालिकाद्वारा वृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यपालिका सदस्य तथा कार्यालयका कर्मचारीहरुद्वारा कार्यालय परिसर सरसफाई गरिएको तथा जनप्रतिनिधि कर्मचारी तथा राजनैतीक दलका प्रतिनिधिहरु, शिक्षा समितिका सदस्यहरुद्वरा गाउँपालिकाको कार्यालय परिसरमा वृक्षापोपण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिए ।

सोही अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तिवारी, प्रमुख प्रशासकीय अधिकृत आले, वडा नं. ५ का वडा अध्यक्ष यमबहादुर राना, वडा नं. ६ का वडा अध्यक्ष दिलिप नाराण थापा, वडा नं. ९ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, शिक्षा समितिका सदस्य खुनप्रसाद रेग्मी र रमेश कुमार श्रेष्ठ, हिमालय माविका प्रधानाध्यापक सिताराम ढकालले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्