| शनिबार, कार्तिक २८, २०८३

बारपाक सुलिकोटमा समाजवादी पार्टी गठन

समाजबादी पार्टीले बारपाक सुलिकोट गाउँपालिका स्तरीय कमिटि गठन गरेको छ । तेजबहादुर गुरूङ अध्यक्ष रहनेगरी २९ सदस्यीय कमिटि गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा अमित गुरूङ, सचिब दिर्घमान गुरूङ रहेका छन् ।

गाउँपालिकास्तरीय पार्टीको भेलाले लोकबहादुर गुरुङ अध्यक्ष रहनेगरी १५ सदस्यीय समाजबादी युबा संघ पनि गठन गरेको छ । संघको सचिबमा जिबन श्रेष्ठ रहेका समाजवादी पार्टीका जिल्ला सचिव विपिनचन्द्र ढकालले जानकारी दिए ।

(सच्याइएको : समाजवादी पार्टी नेपालको बारपाक सुलीकोट गाउँपालिका स्तरीय समिति गठन गरेको समाचारमा सो पार्टीको झण्डा माथि रातो, तल हरियो र बीचमा सेतो रङको तारा भएको हुनुपर्नेमा भूलवश साइकल भएको झण्डा पर्न गएकाले सच्याइएको छ ।)

प्रतिक्रिया दिनुहोस्