
आरुघाट र पालुङटारमा समाजवादी पार्टी घोषणा
समाजवादी पार्टी गोरखाले आरुघाट गाउँपालिकास्तरीय समिति गठन गरेको छ । पार्टीको पालिकास्तरीय भेलाले भोलाध्वज खडका अध्यक्ष रहनेगरि समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा राजेश्वर गुरुङ, कृष्णा बराम, कोषाध्यक्ष सतबहादुर गुरुङ, सचिव दयाराम खनाल रहेका छन् ।
सोही भेलाले ऋषि प्रसाद बडुको अध्यक्षतामा ५ सदस्यिय सल्लाहकार तथा संरक्षण समिति र हरीकुमार तामाङको अध्यक्षतामा १५ सदस्यिय समाजवादी युवा संघ गठन गरेको समाजवादी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
पालुङटार नगरपालिकामा पनि समाजबादी पार्टीको नगर समिति घोषणा गरिएको छ ।
अशोक देबकोटा अध्यक्ष रहनेगरि ४९ सदस्यिय समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष देबी माया गिरी, गणेश थापा, ईन्दिरा खाति रहेका छन् ।
समितिको सचिबमा सन्तोष पोखरेल र सह सचिब दिपक घिमिरे तथा कोषाध्यक्ष शम्भु कौडाल चयन भएका समाजवादी पार्टीका जिल्ला सचिव विपिनचन्द्र ढकालले जानकारी दिए । नयाँ शक्ति पार्टी र संघिय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टीले जिल्लामा संगठन विस्तारलाई तिब्रता दिएको छ ।




