| शनिबार, कार्तिक २८, २०८३

ज्येष्ठ नागरिक मञ्चको अध्यक्षमा मोहनलाल श्रेष्ठ

ज्येष्ठ नागरिक मञ्च गोरखाको पाँचांै साधारण सभा तथा तेस्रो अधिबेसनले नयाँ कार्यकालका लागि मोहनलाल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

समितिको उपाध्यक्ष दिलबहादुर बस्नेत, सचिव सोमबहादुर श्रेष्ठ, कोषाध्यक्ष जुनुमाया श्रेष्ठ र सह(सचिव बोधप्रसाद अधिकारी रहेका छन् ।समितिको सदस्यमा मेदिनीबहादुर बस्नेत, मोहन प्रसाद श्रेष्ठ, इश्वर बस्नेत, धुब्र कुँवर, जगनसिंह गुरुङ र तुलसा मरहट्टा रहेका छन् ।

साधारण सभाले असोज १४ गते ज्येष्ठ नागरिक दिवस भब्यताका साथ मनाउने निर्णय गरेको छ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका वडा नं ६ का अध्यक्ष नारायण अर्याल, नेपाल बार एसोसियसन गोरखाका अध्यक्ष यादव शर्मा, ज्येष्ठ नागरिक मञ्च पालुङटार संयोजक गेहेन्द्र राना लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले ज्येष्ठ नाग रिकहरुसँग छलफल गरेको छ । छलफलका क्रममा उनिहरुले राज्यले ज्येष्ठ नागरिकलाई दिएको सेवा सुविधा सहज रुपमा पाउन नसकेको गुनासो गरेका थिए । यात्राका क्रममा ज्येष्ठ नागरिकलाई गाडी भाडामा छुट नपाएको, प्राथमिकताका आधारमा अस्पतालमा उपचार नपाएको उनीहरुको दुखेसो छ । कतिपयले आफ्ना सन्तानले सहज रुपमा देशमै रोजगारी नपाएर विदेशीएकाले बुढेसकालमा आफुहरुको रेखदेख तथा पालनपोषण गर्ने मान्छे नभएको पनि गुनासो गरे ।
छलफलमा प्राप्त गुनासो तथा सुझाव एकिकृत गरेर प्रदेश प्रहरी कार्यालयमा पठाउने प्रहरी निरीक्षक कमला नरालले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्