| शनिबार, कार्तिक २८, २०८३

पत्रकार महासंघको आठौँ केन्द्रीय बैठक गोरखामा हुने

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिको आठौं पुर्ण बैठकमा गोरखामा हुने भएको छ ।

महासंघ जिल्ला शाखाको आतिथ्यमा भदौ २६ गते जिल्ला सदरमुकाममा महासंघको बैठक बस्ने भएको हो । केन्द्रीय निर्णय अनुसार बैठकका लागि जिल्लामा तयारी सुरु गरेको पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए । महांसघ जिल्ला शाखाको शुक्रबार बसेको बैठकले केन्द्रिय समितिको बैठक ब्यबस्थापनका लागि विभिन्न उपसमिति पनि गठन गरेको छ ।

बैठकले पत्रकारिता क्षेत्रका विभिन्न सवालसम्बन्धी महत्वपुर्ण निर्णय गर्ने थापाको भनाई छ । गण्डकी प्रदेशले घोषणा गरेको आन्तरीक पर्यटन बर्ष २०१९ र नेपाल भ्रमण बर्ष २०२० अन्तरगत पर्यटकहरु गोरखा भित्राउनका लागि जिल्लामा हुने पत्रकारहरुको जमघट प्रचार प्रसारको लागि उपयुक्त रहने उनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्