| आइतवार, कार्तिक २९, २०८३

घिमिरेको मृत्यू छानविन गर्न दबाब जारी

 

दरौंदी : मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको हत्याको यथासीघ्र छानबीन गर्न स्थानीय बासिन्दाले दबाब जारी राखेका छन् ।

उनीहरुले शुक्रबार पनि दुई घन्टा गोरखा आबुँखैरेनी सडक अबरुद्ध गर्नुका साथै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । मृतकका आफन्त तथा गाउँलेले प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेलाई भेटेर घटनाको तत्काल छानबीन गर्न र सत्यतथ्य सार्वजनिक गर्न माग गरे । प्रमुख जिल्ला अधिकारी लामिछानेले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिदै गोरखा अस्पतालमा रहेको शव बुझ्न उनिहरुलाई आग्रह गरेका थिए ।

तर पोष्र्टमार्टम रिर्पोटको प्रारम्भिक प्रतिवेदन सार्वजनिक नगरेसम्म शब नबुझ्ने उनीहरुको अडान कायम रहेकाले मृतकको शब छ दिनदेखि गोरखा अस्पतालमा छ । उनीहरुले बिहिबार विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्