| आइतवार, कार्तिक २९, २०८३

नेकपाको नगर कमिटिद्वारा सपथग्रहण

नेपाल कम्युनिष्ट पार्टी नेकपाले गोरखा नगरपालिकामा ८१ सदस्यीय नगर कमिटि गठन गरेको छ ।

केहीदिन अघि नगर कमिटि अध्यक्ष र सचीवको टुंगो लगाएको नेकपाले अन्य सदस्यहरुको टुंगो लगाउँदै शुक्रबार सपथग्रहण गराएको हो ।
सपथ ग्रहणसँगै सदस्यहरुका लागि प्रशिक्षण कार्यक्रम पनि गरिएको छ ।

पार्टीका जिल्ला कमिटि अध्यक्ष लेखबहादुर थापामगरको उपस्थितिमा भएको कार्यक्रममा जिल्ला इन्चार्ज कृष्ण धिताल, सहइन्चार्ज परशुराम रम्तेल र प्रदेश कमिटि सदस्यहरु सुरेन्द्र थापा र सम्झना देवकोटाले प्रशिक्षणमूलक मन्तब्य ब्यक्त गरेका थिए । नगर कमिटिको पूर्णतासँगै अब १४ वटै वडा कमिटि गठनलाई तीब्र रुपमा अघि बढाइने नगर कमिटि अध्यक्ष विश्वेश्वर कट्टेलले बताए ।

प्रतिक्रिया दिनुहोस्