
जनप्रतिनिधीको सुबिधा संसोधन गर्न बनेको बिधेयक खारेज गर्न समाजवादी पार्टीको माग
गण्डकी प्रदेश सरकारले जनप्रतिनिधीको सुविधा र पारिश्रमिक सम्बन्धी बनेको कानुनलाई संसोधन गर्न बनेको बिधेयक खारेज गर्न समाजवादी पार्टीले माग गरेको छ ।
समाजवादी पार्टी गण्डकी प्रदेशले मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
पार्टीको गण्डकी प्रदेशका अध्यक्ष मोती रिजालको हस्ताक्षर रहेको ज्ञापन पत्रमा जनप्रतिनिधी जनताको काम गर्न भन्दा जागिरे मानसिकताको विकास गर्दै सुविधा भोग विलासमा लाग्न खोजेको आरोप पनि लगाईएको छ ।





