| आइतवार, कार्तिक २९, २०८३

मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकार महासंघद्धारा हस्ताक्षर संकलन

 

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघ गोरखाले हस्ताक्षर संकलन गरेको छ । विधेयक फिर्ता लिन वा संसोधन गर्न माग गर्दै आन्दोलनको तेस्रो चरणमा रहेको महासंघको केन्द्रिय कार्यक्रम अनुसार प्रेस स्वतन्त्रताको पक्षमा सोमबार दिउसो जिविस चोकमा हस्ताक्षर संकलन गरिएको हो । सो क्रममा जिल्लाका पत्रकार, मानव अधिकारकर्मी, राजनीतिकर्मी, ब्यबसायी, शिक्षक, विद्यार्थी लगायत सर्वसाधारणले हस्ताक्षर गरेका छन् ।

मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै दुई चरणमा पत्रकारले देशब्यापी रुपमा गरेको आन्दोलनका कार्यक्रमहरुलाई सरकारले बेवास्ता गरेपछि विरोध स्वरुप हस्ताक्षर संकलन गरेको महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापाले बताए । संकलन गरिएको हस्ताक्षर असार ६ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्