
गुरुङका अध्यक्षको अभिव्यक्तिप्रति घले समाजको आपत्ति
लिःल फङ (घले समाज) ले घले जातिको पहिचानलाई अन्य जातीको पहिचानमा विलय गराउने प्रयास नगर्न चेतावनी दिएको छ ।
दुई साता अघि गोरखा सदरमुकाममा भएको उत्तरी गोरखा तमु समाजको अधिबेसनमा तमु ह्युल छोजं धि गुरुङ राष्टिूय परिषदका अध्यक्ष रेशम गुरुङले जिल्लाको उत्तरी भू(भागमा बस्ने घलेहरु गुरुङभित्रकै एक थर हो भन्ने अभिब्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको संघले जनाएको छ ।
घले समाजका केन्द्रिय अध्यक्ष दिनेश घलेले विज्ञप्ती जारी गर्दै यस्तो अभिब्यक्तिले घले जातीको आत्मसम्मानमा चोट पु¥याएको बताएका छन् । राष्टिूय प्रतिबेदन अनुसार नेपालमा एक सय २५ जाती र एक सय २३ भाषा रहेको विज्ञप्तिमा उल्लेख छ ।
घले जाती नेपालको पृथक आदिवासी भएको उल्लेख गर्दै विज्ञप्तीमा साम्प्रदायिक संकट निम्त्याउने किसिमका अभिब्यक्ति नदिन पनि सचेत गराईएको छ ।




