| आइतवार, कार्तिक २९, २०८३

महिलाका एजेण्डा बजेटबाटै सुनिश्चित गर्न सांसद गुरुङको माग

गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङले प्रदेशको आगामि नीति तथा कार्यक्रममा महिलामैत्री कार्यक्रमहरु समेटिनु पर्नेमा जोड दिएकी छन् ।

प्रदेश सभा बैठकमा समय मागेर बोल्दै गुरुङले अहिले जे जति महिला अधिकारका कुरा गरे पनि भाषण र नारामा मात्र सीमित रहेको भन्दै महिलाको हक, अधिकार सुनिश्चित गरी व्यबहार परिवर्तन गराउन प्रदेश सरकारले बजेट तथा कार्यक्रममा नै महिलाको बिषयमा सम्बोधन हुनुपर्नेमा जोड दिइन् ।

‘संघीयतालाई कार्यान्वयन गर्न, संवृद्ध प्रदेश निर्माण गर्न र लोककल्याणकारी राज्य स्थापना गर्न आर्थिकबर्ष २०७६, ०७७ सालको बजेटले महिलाका बिषयमा यथेष्ट सम्बोधन गर्नुपर्छ’, उनले भनिन्, ‘५१ प्रतिशत महिलाको जीवनस्तर नउकासेसम्म संवृद्ध नेपालको परिकल्पना गर्न सकिदैन । त्यसैले महिलालाई बिभिन्न किसिमका रोजगारीमुलक सीप र तालिमको ब्यबस्था गर्न सक्नुपर्छ ।’

महिला उत्थान भाषणमा मात्र सीमित नराखी ब्यबहारमा उतार्न बजेटमा नै सुनिश्चितता हुनुपर्ने उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्