
गोरखामा विभिन्न कार्यक्रमका साथ १२ औं गणतन्त्र दिवस मनाइयो
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १२ वर्ष पूरा भएको अवसरमा प्रभातफेरि, अन्तरक्रिया, छलफल लगायतका विभिन्न कार्यक्रम गरीएको हो ।
दोस्रो जनआन्दोलन २०६२÷६३ को जगमा भएको चुनावबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
दुई सय ३८ वर्ष लामो शाहवंशीय राजपरम्परा अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ ।
सो अबसरमा बुधबार विहान गोरखा नगरपालिकाको ब्यबस्थापन तथा गणतन्त्र दिवस जिल्ला समा रोह समितिको आयोजनामा गोरखा बजारमा प्रभातफेरि भएको छ । जिल्ला समन्वय समितिको प्राङ्गणबाट सुरु भएको प्रभातफेरि शक्तिचोक, पुरानो बसपार्क ठुलो आँगन हुदै गोरखा संग्रहालयमा पुगेर समापन गरिएको हो ।
बाजागाजा तथा झाँकी सहितको प्रभातफेरिमा जिल्लाका जन प्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो । प्रभातफेरिपछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारीले गणतन्त्र स्थापना भएपछि नागरिकका आशा अपेक्षा बढेको बताइन् ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले लामो संघर्षपछि प्राप्त गणतन्त्रले सार्वभौमसत्ता पूर्णत नागरिकमा स्थापित गरेको र यसबीचमा समृद्धिको आधार तयार भएको बताए ।

दिगो शान्ति, सुशासन र समृद्ध राष्टू निर्माणमा एकताबद्ध भइ अघि बढ्नुपर्ने आबश्यकता रहेको उनले बताए । कार्यक्रममा सहभागीहरुले संघीय गणतन्त्र स्थापना पछिका १२ वर्ष सोचेजति र नागरिकले आशा गरे अनुसार उपलब्धि हासिल हुन नसकेको बताएका थिए ।
दिवसको अवसरमा शहीद लखन गाउँपालिका वडा नं ७ र ८ बुङकोट वडा कार्यलयले छलफल कार्यक्रम गरेको छ ।
आगामी आर्थिक बर्षमा वडाको बिकास योजनाको बिषयमा वडाबासी लगायत सरोकारवालासँग छलफल गरिएको वडाअध्यक्ष शरण श्रेष्ठले जान कारी दिए ।
यस्तै, बारपाक सुलिकोट गाउँपालिकाले पनि दिवसको अबसरमा प्रभातफेरि निकालेको छ । ताकुकोटको बहाकोट क्षेत्रमा प्रभातफेरि गरिएको हो । प्रभातफेरिपछि आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले सम्बोधन गरेका थिए ।
दिवसकै अबसरमा मानव अधिकार सञ्जालले महालक्ष्मी मावि ताप्लेमा नेपालको संविधान र बालअधिकार बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्य क्रममा सञ्जालका अध्यक्ष यदु अधिकारीले सहजिकरण गरेका थिए । विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वि.व्य.सका अध्यक्ष डिलबहादुर अधिकारी, शिक्षक सुनीता ढकाल, रत्न ढकाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




