| आइतवार, कार्तिक २९, २०८३

पालुङ्टारमा कांग्रेसको जागरण अभियान

देशभर जागरण अभियान सञ्चालन गरिरहेको नेपाली कांग्रेसले आइतबार पालुंटार नगरपालिकामा सो अभियान अन्तर्गत को कार्यक्रम गरेको छ ।
कांग्रेसको भगिनी संस्था नेपाल महिला संघ, दुई नंबर क्षेत्रको आयोजनामा गोरखाको पालुङटारमा आइतबार एक कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल महिला संघ क्षेत्र नम्बर २ का सभापती सपना पुनको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका केन्द्रिय प्रतिनिधि रामचन्द्र पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै पोखरेलले गुटगत राजनीती त्यागेर सिंगो पार्टी निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । देशैभर कांग्रेसले जागरण अभियान संचालन गरिरहेको बताउदै केन्द्रिय प्रतिनिधी पोखरेलले वर्तमान सरकारले जनतालाई आश्वासन मात्र दिएकाले त्यसको भण्डाफोर गर्नुपर्ने बताए ।


कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय महासचिव एवं प्रशिक्षण विभागका केन्द्रिय सदस्य मुख्तार अहमद, नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, नेपाल महिला संघकी जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, महासमिति सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, काँग्रेसका पालुङ्टार नगरसभापति एवं मेयर दिपकबाबु कडेंल लगायतले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।
कार्यक्रममा क्षेत्रिय सभापति गोविन्द गुरुङले जागरण अभियानको उदेश्य, औचित्य सहित बिषय प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्