| आइतवार, कार्तिक २९, २०८३

लोकतान्त्रीक चोकमा आकाशेपूल बनाउन कालीमाटी टोल विकास संस्थाको प्रस्ताव

 

दरौंदी : गोरखा नगरपालिका ६ को कालिमाटी टोल विकास संस्थाको अध्यक्षमा ऋषीराम देवकोटा चयन भएका छन् । संस्थाको ११ औं बार्षिक साधारण सभा तथा छैटौं अधिबेसनले देवकोटा अध्यक्ष रहनेगरि ११ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कृष्ण थापा, सचिवमा माधब थापा मगर, सह सचिव युवराज श्रेष्ठ र कोषाध्यक्ष दीपक शाही चयन भएका छन् । समितिको सदस्यमा रामप्रसाद भट्ट, मोहनबाबु श्रेष्ठ, मैयादेवी दाहाल, विष्णुमाया श्रेष्ठ, मुना शाही र रामबहादुर गुरुङ छन् । साधारण सभाले लोकतान्त्रीक चोकमा आकाशेपूल बनाउन गोरखा नगरपालिकामा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

संस्थाले बिसौनीमोडमा फुटपाथ निर्माण गर्ने भावी योजना पनि बनाएको छ । गोररखा नगरपालिका वडा नं ६ का अध्यक्ष नारायणप्रसाद अर्याल, ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयका सञ्चालिका पवित्रा, महादेवटारी टोल विकास संस्थाका अध्यक्ष खडानन्द रेग्मी, अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलसी देवकोटा, लेखापढी ब्यबसायी समितिका अध्यक्ष हरीप्रसाद पोखरेल, संस्थाका सल्लाहकार भरतकुमार श्रेष्ठ, महिला उपसमितिकी मिना देवी श्रेष्ठ, निवर्तमान उपाध्यक्ष कृष्ण थापा, सचिव माधव थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्