| आइतवार, कार्तिक २९, २०८३

सांसद दवाडीद्वारा जराङमा समुदायलाई सहयोग

बारपाक सुलीकोट गाउँपालिका ८ जराङमा नवनिर्मित चर्च भवनको उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशसभाका सांसद प्रकासचन्द्र दवाडीले शनिबार एक समारोहका बीच चर्चको उद्घाटन गरेका हुन् ।इसाइ समुदायले संकलन गरेको रकम र जनश्रमदान गरी करिब चार लाख रुपैंयाको लागतमा निर्माण भएको चर्च उद्घाटन गर्दै सांसद दवाडीले ५० हजार रुपैंया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका स्थानीय तेज बरामले जानकारी दिए ।साथै दवाडीले जराङबासीको बिहे, ब्रतबन्ध लगायतका सामाजिक काममा भोज भतेरमा प्रयोग गर्ने गरी स्थानीय बाउ समाजलाई भाँडाकुँडा प्रदान गरेका बरामले बताए ।

प्रतिक्रिया दिनुहोस्