| आइतवार, कार्तिक २९, २०८३

सामागाउँमा निर्मित नमूना घर हस्तान्तरण

सिआरएस र मनास्लु संरक्षण क्षेत्र आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सामागाउँमा निर्मित नमूना घर बिहिबार हस्तान्तरण गरिएको छ ।

सिआरएसको ५८ लाख, एमक्यापको १८ लाख र स्थानीयबासीको जनश्रम गरी करिब एक करोड रुपैयाको लागतमा निर्मित भवन वडा अध्यक्ष वीरबहादुर लामालाई हस्तान्तरण गरिएको हो ।

सिआरएसका राष्टिूय प्रतिनिधि क्याथरिङ प्राइसले वडा अध्यक्ष लामालाई हस्तान्तरण गरेका हुन् । सो भवनलाई बहुउद्देश्यीय सामुदायिक भवनको रुपमा प्रयोग गर्ने अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्