| आइतवार, कार्तिक २९, २०८३

काशिगाउका दलित समुदायलाई बाख्रा

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं छ ले दलित समुदायलाई जिविकोपार्जन सुधारका लागि बाख्रा वितरण गरेको छ । काशीगाउँमा रहेका १२ घर परिवारलाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष धनकुमार घलेले जानकारी दिए । प्रतिघर तिनवटा हाईब्रिड जातका बाख्रा वितरण गरेको उनको भनाई छ ।
दलित समुदायको जिविकोपार्जन सुधार कार्यक्रमका लागि चालु आर्थिक बर्ष वडा कार्यालयले विनियोजन गरेको तिन लाख रुपैयाँ बजेटले उनिहरुको रोजाई अनुसार बाख्रा खरिद गरि वितरण गरेको वडाअध्यक्ष घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्