
नेकपाको पोलिटव्यूरोमा गोरखाबाट हितराज र हरिराज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पोलिटब्युरो सदस्यको सुची तयार पारेको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा एक सय ४७ सदस्यीय पोलिटब्युरो सदस्यको सूची तयार गरेका हुन् । सचिवालय बैठकमा प्रस्ताव गर्ने गरी अध्यक्षद्वयले सूची टुंगो लगाएका हुन । एक सय ४७ जनामा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ सदस्य छन । सुचि अनुसार पोलिटब्युरो सदस्यमा गोरखाका दुई नेता परेका छन् । तत्कालीन माओबादीका हितराज पाण्डे र हरीराज अधिकारी पोलिटब्युरो सदस्यको सुचीमा छन् । तत्कालीन एमालेबाट २२ जना नयाँ अनुहार थपिएका छन ।

गएको वर्ष जेठ तीन गर्ने तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको थियो । औपचारिक रुपमा पार्टी एकता घोषणा भएको एक वर्ष पुगेको अवसरमा नेकपाले शुक्रबार पार्टीको पोलिटब्यूरो सदस्यहरुको पनि नाम सार्वजनिक गर्ने नेकपाको तयारी छ ।शुक्रबार नै जनवर्गीय संगठनको एकता पनि टुंगो लगाउने तयारी रहेको नेकपाले जनाएको छ ।




