| आइतवार, कार्तिक २९, २०८३

चुनावका लागि विद्युत प्राधिकरणको काउण्टर बन्द

दरौंदी ः नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रको काउण्टर बिहीबार बन्द भएको छ । कर्मचारी टूेड युनियनहरुको आधिकारिकताका लागि वैशाख १९ गते विहिबार निर्वाचन भएकाले काउन्टर बन्द गरिएको गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए । ‘चुनावका कारण बिहिबार देशभरका काउन्टर बन्द गर्ने प्राधिकरणको निर्णय थियो’ उनले भने ‘काउन्टर बन्द भएपनि यस बाहेकका अन्य सेवा प्रवाह भने यथावत रहेको थियो ।’ प्राधिकरण गोरखामा कार्यरत कर्मचारीले जिल्लामा नै मतदान गरेर मतपरिणाम केन्द्रमा पठाउने प्रमुख न्यौपानेले बताए । निर्वाचनमा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र नेपाल विद्युत कर्मचारी संघ गरी ३ वटा संगठन मैदानमा उत्रिएका छन् । कर्मचारी युनियन नेकपा निकट कर्मचारी संगठन हो भने नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् राप्रपा र नेपाल विद्युत् कर्मचारी संघ कांग्रेसमा आस्था राख्ने कर्मचारी हरुको संगठन हो । तीनवटै संगठनको नेतृत्व क्रमशः रामेश्वर पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन भट्टराईले गरेका छन् । ३ वटै संगठनले निर्वाचनपूर्व आफ्नो संगठनले आधिकारिता प्राप्त गर्ने दाबी गरेका छन् । यद्यपि, मुख्य प्रतिष्पर्धा नेकपा र कांग्रेसनिकट कर्मचारीबीच नै हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्