| आइतवार, कार्तिक २९, २०८३

बिभिन्न कार्यक्रमका साथ मजदुर दिवस सम्पन्न

गोरखामा विभिन्न कार्यक्रमका साथ १३० औं अन्तर्रा्ष्ट्रिय मजदुर दिवस मनाईएको छ । दिवसकै अबसरमा नेपाल बिजुली प्लम्बर कार्पेन्टर निर्माण मजदुर युनियन गोरखाले सदरमुकाममा ¥याली निकालेको छ । यस्तै, राजनीतिक दल आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रम गरेका छन् ।
८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्रा्ष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ। १७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो। नेपालमा सन् १९६३ देखि अन्तर्रा्ष्टिूय श्रमिक दिवस मनाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्