| आइतवार, कार्तिक २९, २०८३

आरुघाटमा पनि भूकम्प स्मृति दिवस

दरौंदी : आरुघाट गाउँपालिकाको आरुघाट बजारमा श्री स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखा, सि.आर.एस. ले आरुघाट गाउँपालिकाको समन्वयमा २०७२ सालको भुकम्पको सम्झनामा भुकम्प स्मृति दिवस मनाएको छ ।
आरुघाटको प्रहरी चौकीबाट विद्युत चोक बगैंचा भिमोदय माध्यामिक विद्यालय हुदै पुनः विद्युत चोकसम्म ¥यालीको आयोजना गरिएको थियो । ¥यालीमा आरुघाट गाउँपालिका र भीमसेन थापा गाउँपालिका साविकको तान्द्राङ्ग गाविसका सुरक्षित पोशाक सहितको महिला तथा पुरुष कालिगढहरु, स्थानीय विभिन्न समुहहरु लगाएत सिआरएस., श्री स्वाँरा सघन गाउँ विकास केन्द्र, आरुघाट गाउँपालिका र वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त ¥याली विद्युत चोकमा आएर औपचारीक रुपमा आरुघाट गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष डिल बहादु रोकाको अध्यक्षता र आरुघाट गाउँपालिका को उपाध्यक्ष कल्पना नेपालीको प्रमुख आतिथ्यतामा कोण सभामा परिणत भएको थियो । कार्यक्रममा आरुघाट गाउँपालिका की उपाध्यक्ष कल्पना नेपाली, वडा नं ५ का वडा अध्यक्ष नारायणध्वज खड्का, केन्द्रका आवास संयोजक रविन कट्टेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्