| आइतवार, कार्तिक २९, २०८३

 गोरखाको  पुनर्निर्माणमा एनजीओको योगदान उल्लेखनीय

दरौंदी : गोरखाको पुनर्निर्माणमा गैरसरकारी संस्थाको योगदान पनि अविस्मरणीय रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रामशरण आचार्यले बताए । ‘गैरसरकारी संस्थाले थुप्रै काम गरेका छन् । २३५ वटा विद्यालय भवन, ५३ वटा स्वास्थ्य चौकी भवन, २९ वटा गाउँघर क्लिनिक, १९४ वटा सिँचाइ कुलो गैरसकारी संस्थाले निर्माण गरिदिएका छन्’, उनले भने, ‘३४६ वटा खानेपानी आयोजनाहरु पुनर्निर्माण गैरसरकारी संस्थाहरुले गरेका छन् । ११ वटा लघु जलविद्युत आयोजना, २९४ वटा गोरेटो, घोडेटो बाटो पुनर्निर्माण गरेका छन् । नीजि आवास पुनर्निर्माणमा पनि गैरसरकारी संस्थाले सघाएका छन् ।’ १३२ वटा साना उद्योगहरु, तरकारी, बिउ, बिजन केन्द्र, दुग्धजन्य सामग्री उत्पादन केन्द्रहरु ६१ वटा स्थापनाको काम पनि एनजी ओहरुले गरेको भन्दै उनले प्रसंसा गरे । पुनर्निर्माणमा एनजीओले सरकारलाई प्रसस्त सहयोग गरेको भन्दै आचार्यले प्रसंसा गरे । ‘ ४७ वटा सामुदायिक भवन, २३७ वटा नमूना घर बनाएर समुदाय लाई हस्तान्तरण गरेका छन्’, उनले भने, ‘बिभिन्न ९८ ठाउँमा पहिरो नियन्त्रण तथा संरक्षण सम्बन्धी काम एनजीओहरुले गरेका छन् । जीविकोपार्जन सहयोग, उद्यम शीलता विकास जस्ता काम गरेर समुदायलाई गरेको सहयोग अविस्मरणीय छ ।’
जाइका नामक अन्तर्राष्टिूय गैरसरकारी संस्थाले दरौंदी नदी र बिभिन्न खोलामा गरी पाँच ठाउँमा पक्की पुल निर्माण गरिदिएको भन्दै उनले प्रसंसा गरे ।

प्रतिक्रिया दिनुहोस्