
पत्रकार गिरीको रिहाइ माग गर्दै प्रशासनमा धर्ना
दरौंदी : नेपाल पत्रकार महासंघ गोरखाले पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई समाचार लेखेका कारण साइबर क्राइम अन्तर्गत मुद्दामा प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको घटनाको विरोधमा पत्रकारहरुले धर्ना दिएका महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए । महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलले प्रदेशका हरेक जिल्ला प्रशासनमा धर्ना दिएर पत्रकार गिरीलाई रिहाका लागि दबाब दिन आग्रह गरेका थिए ।




