| आइतवार, कार्तिक २९, २०८३

सांसद दवाडीद्वारा राममन्दिरमा पुराण उद्घाटन, तीन महिला समूहलाई ९० थान कुर्ची प्रदान

रामनवमीको अवसरमा सिरानचोक गाउँपालिका ६ नयाँसाँगुको राम मन्दिरमा पुराण वाचन कार्यक्रम सुरु भएको छ । गोविन्द कोइरालाद्वारा वाचन हुने पुराणको शनिबार गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गरे ।
दरौंदी सिर्जनशील महिला समूह र नयाँसाँगु क्लवको अगुवाइमा निर्माण भएको राममन्दिरमा पुराण आयोजना गरिएको क्लवका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
करिब आठलाख रुपियाँको लागतमा निर्माण भएको सो मन्दिरका लागि वडा कार्यालयबाट एकलाख र गाउँ कार्यपालिकाबाट एकलाख रुपियाँ जुटेको छ । त्यस्तै प्रदेशसभा सांसद दवाडीले ५० हजार रुपियाँ प्रदान गरेका छन् ।
प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले सिरानचोक गाउँपालिका ४ का तीनवटा महिला समूहलाई कुर्ची तथा टेबल प्रदान गरेका छन् । शनिबार बिहान भएको भेटघाट कार्यक्रममा चोरकाटेको बौवाली टोल महिला समूहलाई ३० थान कुर्ची र एकथान टेबल, तल्लो कमलबारीको मनकामना महिला समूहलाई ३० थान कुर्ची र एकथान टेबल र उपल्लो कमल बारीको परोपकार महिला समूहलाई ३० थान कुर्ची र एकथान टेबल प्रदान गरेका वडा सदस्य शान्ति कुमालले जानकारी दिइन् । सो फर्निचर गाउँमा हुने बिहे, पार्टीहरुमा प्रयोग गर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्