| आइतवार, कार्तिक २९, २०८३

हामी नेकपासंग लिभिङ टुगेदरमा छौं : परिबार दलका अध्यक्ष ढकाल

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो पार्टी छिट्टै प्रतिनिधिसभामा जाने बताएका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटमा बिहिबार कुराकानी गर्दै नेता ढकालले आफ्नो पार्टीलाई संसदमा प्रतिनिधित्व गराउने बारेमा प्रधानमन्त्री केपी वलीसंग समझदारी बनिसकेको भन्दै उनले केही दिनमा त्यो देख्न सकिने दाबी गरे ।
‘हाम्रो पार्टीको तर्फबाट नेकपाको गठबन्धनमा करिब एकलाख मत झरेको छ’, उनले भने, ‘त्यो बारेमा नेकपाका दुवै अध्यक्षहरुलाई जानकारी छ । त्यसैले छिट्टै हाम्रो पार्टीले पनि संसदमा प्रतिनिधित्व पाउनेछ । तपाइँहरुले छिट्टै हाम्रो पार्टीलाई संसदमा देख्न सक्नुहुनेछ ।’नेता ढकालले परिबार दल र नेकपा अहिले ‘लिभिङ टुगेदरमा’ बसेको बताए । ‘नेकपा र नेपाल परिबार दलको बिबाह भएको चाहिँ होइन, लिभिङ टुगेदर मात्र भएको हो’, उनले भने, ‘भविष्यमा यहीले निरन्तरता पाउन पनि सक्छ, नेपाली काङ्ग्रेससंग पनि यस्तो हुनसक्छ ।’ अन्य पार्टीसंग मर्जर भने नहुने उनले बताए । विभिन्न पार्टीसँग कार्यगत सहकार्य भएपनि मर्च नहुने उनले प्रस्ट पारे । सोही क्रममा उनले नेपाल परिवार दलले गत माघबाट राष्टू जागरण अभियान शुरु गरेको जानकारी दिए । ‘नेपाल परिवार दलको राष्टू जागरण अभियान ः शान्ति र विकासको लागि सकरात्मक वातावरण’ भन्ने नाराका साथ देशका सबै प्रदेश र स्थानिय तहमा अभियान सञ्चालन हुने उनको भनाई छ । अभियानका क्रममा समुदायका सबै वर्गसँग छलफल गरी राष्टू सेवामा जुट्न प्रेरीत गर्ने लक्ष्य रहेको अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्