
रेडक्रसको चार उपशाखाको अधिवेशन सम्पन्न, तीन उपशाखामा चुनाव, एउटामा सर्वसम्मत
नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा अन्तर्गत चार उपशाखाको अधिवेशन सम्पन्न भएको छ । रानीस्वाँरा, घ्याल्चोक, मिरकोट र श्रीनाथकोट उपशाखाको अधि वेशन सम्पन्न भएको हो ।
जसमध्य घ्याल्चोक बाहेक सबै उपशाखाको नेतृत्व निर्वाचनबाट चुनिएका छन् । श्रीनाथकोट उपशाखाको दोस्रो अधिवेशनले बलराम ढकाल सभापति रहनेगरि नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उप सभापति लालु माया ढकाल, सचिव मीनबहादुर थापा, कोषाध्यक्ष काली बहादुर खड्का चयन भएका छन् । यस्तै, उप सचिवमा अनिल विश्वकर्मा र उप कोषाध्यक्षमा बग बहादुर थापा रहेका छन् । समितिको सदस्यमा सरस्वती ढकाल, ईश्वर बहादुर खड्का, ईश्वर बहादुर बानिया, किशोर ढकाल र नवराज घिमिरे चयन भएका छन् ।
रानीस्वाँरा उपशाखाको सभापतिमा कृष्ण कुँबर, उपसभापतिमा कल्पना कुँबर, सचिवमा रामहरि खत्री, कोषाध्यक्ष राजकुमार श्रेष्ठ, उपसचिव राजकुमार राई उप कोषाध्यक्ष पम्फा बस्नेत चयन भएका गोरखा शाखाका सुवास घिमिरेले जानकारी दिए ।
त्यस्तै मिरकोट उपशाखामा टोप बहादुर बानियाँको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । जसको, उपसभापतिमा कमला कुमाल, सचिवमा टेकबहादुर अधिकारी, कोषाध्यक्षमा दिनेशचन्द्र खनाल, उपसचिवमा हरिप्रसाद भट्ट निर्वाचित भएका छन् ।
घ्याल्चोक उपशाखामा चिरञ्जिवी रेग्मीको नेतृत्वमा कार्य समिति चयन भएको छ । जसको उप सभापतिमा राधिका ढकाल, सचिवमा प्रकास रेग्मी, कोषाध्यक्षमा सन्तोष पौडेल चयन भएका छन् । ताप्ले उपशाखा, घैरुङ उपशाखा र सौरपानी उपशाखाको अधिवेशन पनि चैत महिनाभित्र हुने घिमिरेले जानकारी दिए ।




