| आइतवार, कार्तिक २९, २०८३

बहुगोत्रीय समाजको बाह्रौ साधारण सभा

तागाधारीको समाज बहुगोत्रीय मिलन समाजको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । समाजका अध्यक्ष नन्दप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न सभामा पूर्व अध्यक्ष ऋषिराम देवकोटा, काशिनाथ अम्गाई, सीताराम तिवारी, कृष्ण ढकाल, सरुना पोखरेल, होमप्रसाद लामिछाने, खडानन्द रेग्मी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।कार्यक्रममा सरोज पोखरेलले कोषाध्यक्षको प्रतिवेदन र होमप्रसाद लामिछानेले सचिवको प्रतिवेदन पेश गरेका थिए । सभाले समाजको संशोधित विधान पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्