
अर्कुलमा शिव मन्दिर निर्माण गर्न सांसद दवाडीद्वारा आर्थिक सहयोग
गोरखा २ को खबाट निर्वाचित गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडीले शिवरात्रीको अवसरमा शिवमन्दिर निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । सिरान्चोक गाउँ पालिका ७ अर्कुलमा निर्माणाधीन शिवमन्दिर निर्माण सम्पन्न गर्न सोमबार २५ हजार पाँचसय ५५ रुपियाँ प्रदान गरेका हुन् ।
मन्दिर निर्माणको काम गरेको स्थानीय शिवशक्ति महिला समूहकी अध्यक्ष दिल कुमारी भट्टराई सो रकम हस्तान्तरण गरिएको स्थानीय प्रकास अधिकारीले जानकारी दिए । साथै सोही अवसरमा गोविन्द्र दवाडीले पनि सो मन्दिर निर्माणका लागि पाँचहजार छ सय रुपियाँ प्रदान गरेका अधिकारीले जानकारी दिए ।




