| आइतवार, कार्तिक २९, २०८३

विकास निर्माणमा जनश्रम गर्न सांसद भट्टराईको आग्रह

नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले स्थानिय सडक निर्माणमा मेसिन प्रयोग नगर्न सुझाव दिएका छन् । केन्द्र र प्रदेश सरकारले रणनितिक महत्वका सडक बनाउने भएकाले स्थानिय सरकारले बनाउने सडकमा ठुला मेसिन प्रयोग गर्नु जरुरी नरहेको उनले बताए । ‘स्थानिय तहले बनाउने सडक साना सडक हो’ उनले भने ‘ यस्ता सडकमा ठुला मेसिन प्रयोग गर्ने,बढि खर्च गर्ने, वातावरण विगार्ने गर्नुहुन्न ।
हाम्रै ठाउँको ढुंगा छापेर थोरै सिमेन्ट जोडेर पनि सडक बनाउन सकिन्छ, सबैतिर पिच गर्नुपर्छ भन्ने छैन ।’ नयाँ शक्ति पार्टीले शुरु गरेको जनसंवाद यात्राको १५ औं दिन मंगलबार गोरखाको सिरानचोक गाउँ पालिकाको चोरकाटेमा आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । विकसित देशको अभ्यासका आधारमा पनि यस्ता सडक बनाउँदा कम खर्चमा जनतालाई धेरै सुविधा दिन सकिने उनको विश्वास छ । ‘यसले स्थानियलाई रोजगारी पनि मिल्छ, सडक पनि बलियो हुन्छ ।’ स्थानिय तह स्रोतसाधन सम्पन्न भएमा मात्रै विकास निर्माणको कामले गति लिने उनले बताए । तर संघिय सरकारले राजस्व वाडँफाडँका लागि वित्तिय आयोग गठनमा ढिलाई गर्दा स्थानिय सरकारहरुले पर्याप्त बजेट पाउन नसकेकोमा उनले असन्तुष्टी जनाएका छन् ।

‘आयोग भएको भए नियम अनुसार निश्चित अनुपात मिलाएर बजेट आउथ्यो’ उनले भने ‘आयोग छैन, राज्यले अडेकलेर दिएको बजेट कम छ ।’ सरकारले समानुपातिक विकासका लागि छिटो वित्तिय आयोग गठन गर्नुपर्नेमा उनले जोड दिए । पछिल्लो समय राजनिति फोहोर हुँदै गएकाले भ्रष्टूाचार बढेदै गएको उनको दाबी छ । कार्यक्रममा सिरानचोक वडा नं ४ का अध्यक्ष पदम हमाल, वडा नं ५ का अध्यक्ष सन्तोष गुरुङ, वडा नम्वर ६ का अध्यक्ष नारायण दानी र पालुङटार नगरपालीका वडा नं १ का अध्यक्ष कृष्णबहादुर परियारले आफ्नो क्षेत्रका विकास निर्माणका गतिविधी र समस्याका विषयमा डाक्टर भट्टराईलाई जानकारी गराएका थिए ।
माघ १५ गते पाचँथरको चिवाभन्ज्याङ बाट नयाँ शक्तिले अशल राजनिति र समावेशी सिद्धान्तका लागि मध्यपहाडी लोकमार्ग जनसंवाद तथा जागरण अभियान शुरु गरेको हो ।
अभियानका क्रममा जनप्रतिनिधि र नागरिकले दिएका सुझाव समेटेर नेपालको विकास सन्दर्भमा प्रतिवेदन तयार पारी संसद, प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री, राष्टिूय योजना आयोगमा बुझाउने डाक्टर भट्टराईले बताए । जनसंवाद यात्रा अन्तरगत नै बुधबार पालुङटारमा छलफल कार्यक्रम रहेको नयाँ शक्तिका जिल्ला संयोजक ज्ञानेन्द्र कुमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्