| आइतवार, कार्तिक २९, २०८३

जनसंवाद अभियान गर्दै बाबुराम गोरखामा

नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई जनसंवाद यात्राका क्रममा गोरखा आईपुगेका छन् । पाचँथरको चिवा भन्ज्याङ देखि माघ १५ गतेबाट शुरु भएको जनसंवाद यात्राका क्रममा विभिन्न जिल्ला पार गर्दै भट्टराई सोमबार गोरखा आईपुगेका हुन् । असल राजनीति र समावेशी विकासका लागि स्थानीय बासिन्दासँग छलफल तथा विकास निर्माणको अनुगमन गर्दै डाक्टर भट्टराईले पुष्पलाल (मध्यपहाडी) राजमार्गमा यात्रा गरेका हुन् । यात्राका क्रममा गोरखामा ३ दिन रहने टोलीले आरुघाट, सिरानचोक गाउँपालिका को चोरकाटे र पालुङटार नगरपालिकामा जागरण कार्यक्रम सञ्चालन गर्ने नयाँशक्ति पार्टी गोरखाका रमेश पोखरेलले जानकारी दिए । पाचँथरको चिवाभन्ज्याङ बाट सुरु भएको जनसंवाद यात्रा बैतडीको झुलाघाटमा पुगेर फागुन १५ गते टुंगिने नयाँ शक्ति पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्