| आइतवार, कार्तिक २९, २०८३

सांसद दवाडीद्वारा निर्वाचन क्षेत्रमा आर्थिक सहायता

गोरखा क्षेत्र नं २ (ख) का गण्डकी प्रदेश सांसद प्रकास चन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा सामाजिक कामका लागि आर्थिक सहयोग गरेका छन् । निर्वाचन क्षेत्रका बासिन्दासँग भेटघाटका क्रममा अजिरकोट गाउँपालिकाका विभिन्न आमा समुह, युवा क्लब लगायतका संघसस्ंथालाई उनिहरुको माग र आबश्यकताका आधारमा दवाडीले आर्थिक सहयोग गरेका हुन् । जसअन्तरगत खरिबोटको सिस्नेमा लालीगुँरास आमा समुह र नमुना युवा क्लबलाई सामुहिक भवन निर्माणका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् । विभिन्न समुदायको संस्कृति संरक्षणका लागि नम्कीको अमरज्योती आमा समुह र भच्चेकको नमोबुद्ध आमा समुहलाई १०÷१० हजार रुपैयाँ दिईएको छ । अजिरकोट ५ मुच्चोकको नमोबुद्ध आमा समुहलाई २० हजार रुपैयाँ , हर्मीको शिखरज्योती प्रावि र निमारेमा बाटो मर्मतका लागि २०÷२० हजार रुपैयाँ उपलब्ध गराएको सांसद दवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्