| आइतवार, कार्तिक २९, २०८३

जीपी कोइराला फाउण्डेशनद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापनाको तयारीमा रहेको राष्टिूय गिरिजाप्रसाद कोइराला स्वासप्रस्वास केन्द्र र स्वर्गीय सुशील कोइराला प्रखर क्यान्सर अस्पताल वर्तमान सरकारले संघीय कार्यक्रममा नसमेटेको भन्दै प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र पठाइएको छ । जीपी कोइराला फाउण्डेशन, जिल्ला शाखा गोरखाका संयोजक रामबाबु जोशीले सो ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठमार्फत प्रधानमन्त्री समक्ष पठाइएको हो । नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न सफल नेता सुशील कोइरालाको नाममा स्थापित अस्पताल लाई संघीय सरकारमार्फत सञ्चालन नगर्नु भनेको लोकतन्त्रको अपमान र खारेजी सरह रहेको सो फाउण्डेशनले ठहर गरेको छ । साथै यस्ता निर्णयले शीर्ष नेताको अपमान गर्ने संस्कार र संस्कृतिको नजिर बस्ने भन्दै तत्काल यी दुवै कार्यक्रमलाई संघीय सरकार मातहत सञ्चालन गर्न आग्रह सो ध्यानाकर्षणपत्रमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्