| आइतवार, कार्तिक २९, २०८३

निर्माण मजदुरहरु संगठित

दरौंदी : विजुली प्लम्बर कार्पेन्टर निर्माण मजदुर युनियन गोरखाको पहिलो जिल्ला अधिबेसन सम्पन्न भएको छ । जिल्ला सदरमुकाममा भएको अधिबेसनले शिवहरी न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा रामबहादुर कोईराला, सचिवमा सन्दिप यादव र कोषाध्यक्ष तुफान महतो चयन भएका छन् । सोही भेलाले संस्थामा आबद्ध मजदुरहरुलाई परिचय पत्र वितरण गर्ने तथा मजदुरको हकहितका लागि स्थानीय तहमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । शिव न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश अध्यक्ष रुद्र पौडेल, इलेक्ट्रिसियन संघका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्