
अबको तीनबर्षभित्र गोरखाले आर्थिक सम्वृद्धिको नयाँ उचाइ लिन्छ : डा.भट्टराई
नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले अबको तीन वर्षभित्र गोरखाले आर्थिक समृद्धिको नयाँ उदाहरण दिने दावी गरेका छन् । भौगोलिक एकिकरण र लोकतान्त्रिक आन्दोलनमा जस्तै अब आर्थिक समृद्धि र विकासमा पनि गोरखाले देशकै उदाहरण बन्ने उनको भनाई छ । नयाँ शक्ति पार्टीको भिमसेन थापा गाऊँ पालीकाको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै भट्टराईले पूर्वप्रधानमन्त्री र प्रतिनिधिसभाको साँसदको नाताले सबैलाई संयोजन गरेर विकासको काममा अघि बढेको बताए । सबै जनप्रतिनिधिले राजनीतिक आग्रह, पूर्वाग्रह नराखेर अघि बढ्ने हो भने तीन वर्षभित्र जिल्लामा देखिने गरि विकासको लहर ल्याउन सकिने भट्टराईको दावी छ । स्थानीय तहलाई थप अधिकारसम्पन्न बनाउनु पर्नेमा जोड दिए । अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै संयोजक भट्टराईले देशको आवश्यकता र जनताको चाहना अनुसार नयाँ शक्ति पार्टी बनाउनु परेको बताए । कार्यक्रम नयाँ शक्ति पार्टीका गाऊँपालीका संयोजक रोहित पाण्डेको अध्यक्षतामा भएको हो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने जिल्ला संयोजक ज्ञानेन्द्र कुमालले बताए ।




