| आइतवार, कार्तिक २९, २०८३

उत्पादनमुलक काममा लगानी नभएको आरोप

दरौंदी ः गोरखामा भएका सह कारीहरुले उत्पादनमूलक काममा पर्याप्त लगानी गर्न नसकेको भन्दै सहकारी अभियन्ताहरुले चिन्ता जनाएका छन् । उत्पादनमूलक क्षेत्रमा लगानी गर्न चाहे पनि सरकारले वातावरण बनाउन नसकेको उनीहरुको भनाई छ । राष्टिूय सहकारी महासंघको आयोजनामा बिहिबार गोरखा सदरमुकाममा भएको कार्यक्रमका वक्ताहरुले उत्पादनमूलक काम गर्न चाहने सहकारीको पूर्वाधार विकास, संकलन केन्द्र निर्माण, कृषि औजारमा अनुदान, शीप र क्षमता विकास सम्बन्धी तालिम सञ्चालनका लागि तीनै तहको सरकारको ध्यानाकर्षण गराएका छन् । जिल्लाका स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँगको अन्तक्र्रिया कार्यक्रममा परिवर्तित नयाँ संघीय संरचना अनुसार सहकारीलाई ब्यवस्थित गर्न नसकिएको पनि सहकारी अभियन्ताहरुले बताएका छन् । उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारले जारी गरेका सहकारी ऐन सहकारीमैत्री नभएको भन्दै समयानुकुल संशोधन गर्न पनि माग गरेका छन् । कतिपय स्थानीय तहले संघीय सरकारले जारी गरेको सहकारी ऐन २०७४ सँग बाझिने गरि प्रदेश र स्थानीय सरकारले ऐन बनाएको भन्दै कार्यक्रमका सहभागीहरुले त्यसलाई पुनरावलोकन गर्न ध्यानाकर्षण गराएका छन् । एउटा सहकारीको सदस्यता लिएको ब्यक्तिले दोहोरो सदस्यता लिन नपाउने ब्यवस्था संशोधन गर्न माग गरिएको जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोइरालाले बताए । ऐन अनुसार सहकारीको कार्यक्षेत्र समायोजन हुँदा कतिपय सहकारी दुईवटा स्थानीय तहमा परेकोले त्यसको ब्यवस्थापनका लागि ब्यवहारिक रुपमा सोचिनु पर्ने उहाको भनाई छ । अन्त्क्र्रियामा नयाँ सहकारी दर्ता गर्नुभन्दा अहिले भएका सहकारीलाई गाभ्नु पर्ने विषय पनि गम्भिर रुपमा उठेको कोइरालाको भनाई छ । नयाँ संघीय संरचना अनुसार सहकारी संस्थाको दर्ता, नियमन, अनुगमन र प्रवद्र्धनको अधिकार स्थानीय तहलाई दिइएको छ । विगतमा डिभिजन सहकारी कार्यालयहरुले गर्दै आएको सबै काम अब स्थानीय तहले गर्न थालेका छन् । पर्याप्त समन्वयको अभाव भएपछि स्थानीय सरकार र सहकारीकर्मीहरुविच अन्तक्र्रिया कार्यक्रम गरिएको जिल्ला सहकारी संघका अध्यक्ष कोइरालाले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्