| बुधबार, कार्तिक २५, २०८३

महिला दिबसको अबसरमा दौड प्रतियोगिता सम्पन्न, एलिना नेपाली प्रथम

रोट्रयाक्ट क्लब अफ बज्र मनासलुको रोटरी सप्ताह व्यापि कार्यक्रम अन्तर्गतको दोस्रो दिन र अन्तर्राष्ट्रिय महिला दिबसको अबसरमा ५ औ महिला खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार क्लबले २.८ किमिको ५ औँ महिला खुल्ला दौडको आयोजना गरेको हो ।

दौड सदरमुकामको रङगशाला गेट हुँदै बसपार्क, ठुलोआँगन, पाटेचौर, हस्पिटल चोक, आरुघाट बसपार्क हुँदै पुन हरमटारीमा अन्त्य भएको रोट्रयाक्ट क्लब अफ बज्र मनासलुका अध्यक्ष सन्दिप बयालकोटीले जानकारी दिए ।

प्रतियोगितामा एलिना नेपाली प्रथम भएकी छिन् । नेपालीले २.८ किमि लम्बाईको दौड १२ मिनेट ७ सेकेन्डमा पार गरेकी अध्यक्ष बयालकोटीले बताए ।

यस्तै, खुल्ला दौड प्रतियोगितामा पिन्जना राई दोस्रो, जमुना रोको तेस्रो र सोबिता रोका सान्त्वना बनेका छन् । उनीहरुले २.८ किमि लम्बाई क्रमश १२ मिनेट १७ सेकेन्ड, १२ मिनेट ३० सेकेन्ड र १३ मिनेट ३० सेकेन्डमा पार गरेको क्लबले जनाएको छ ।

प्रतियोगितामा प्रथम बनेकी एलिना नेपालीलाई रु ७ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबले जनाएको छ । यसैगरी प्रतियोगितामा दोस्रो, तेस्रो र सान्तव्ना हुनेहरुलाई क्लब्ले क्रमश नगद रु ५ हजार, ३ हजार र १ हजार सहित प्रमाणपत्र वितर गरेको क्लबले जनाएको छ ।
प्रतियोगितामा गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, गोरखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिलिप जोसी, रोटरी क्लब अफ बज्रमनासलुका अध्यक्ष शिशु बाबु प्रधान, रोटरी क्लब अफ बज्रमनासलुका पुर्व अध्यक्ष विष्णु राना, शुरक्षा निकायहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्