
३०२ औ पृथ्वी जयन्ती गोरखामा विविध कार्यक्रम गरी मनाइयो
३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा शुक्रवार बिहान ठुलोआँगन स्थित पृथ्वी नारायण शाहको शालिकमा माल्र्यापण गरिएको छ ।

गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले एक कार्यक्रमका बीच शालिकमा माल्र्यापण गरेका हुन् ।
कार्यक्रमकै अवसरमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा राष्ट्र निर्माता सलामी समेत दिएका थिए । कार्यक्रम अघि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट ¥याली समेत निकालिएको थियो ।

बाजागाजा सहित निकालिएको ¥याली बिसौनी, बसपार्क हुदै ठुलोआँगनमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
गोरखा नगरपालिकाको आयोजना तथा नेपाली सेनाको रिपुमर्दन गणको समन्वयमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष मोहनबहादुर थापा, गोरखा नगरपालिकाका मेयर राना, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, ऐतिहासिक क्षेत्र संरक्षण समितिका अध्यक्ष सुरेशमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै दिवसको अवसरमा राप्रपा नेपाल जिल्ला कार्यसमिति गोरखाले पनि कार्यक्रम गरेको छ ।
गोरखा संग्रहालय परिसरभित्र भएको कार्यक्रममा राप्रपाका नेता एवं संघिय सांसद ज्ञानेन्द्र शाही, राप्रपाका जिल्ला अध्यक्ष भगवान मल्ल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमकै अवसरमा संग्रहालय परिसर भित्र रहेको पृथ्वी नारायण शाहको सालिकमा माल्र्यापण समेत गरिएको थियो । कार्यक्रम पूर्व हरमटारीचोकबाट निकालिएको ¥याली बिसौनी, बसपार्क, ठुलोआँगन हुदै संग्रहालय परिसरभित्र पुगेर कार्यक्रममा परिणत भएको थियो ।




