
पालुङटारमा निशुल्क आयुर्वेद स्वास्थ्य र आँखा शिविर सम्पन्न
पालुङ्टार नगरपालिका वडा नम्वर १० मा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर र आँखा शिविर सम्पन्न भएको छ । वडा कार्यालयको चालु आर्थिक बर्षको आयुर्वेद सेवा अन्तरगत संचालन भएको एक दिने शिविरमा करिव चार सय जनाले सेवा लिएका छन् ।
२ सय २ जनाले आयुर्वेद सेवा र १ सय ८३ जनाले निशुल्क आँखा जाँच सेवा लिएको वडा कार्यालयले जनाएको छ । आँखा जाँच गराएका मध्ये ९ जनामा मोतियाविन्दु देखिएकाले गोरखा लायन्स आँखा सेवा केन्द्रमा शल्यक्रिया गरिने बताइएको छ ।
वडा कार्यालयको आयोजना तथा गोरखा लायन्स आँखा सेवा केन्द्र र गोरखा नेत्रज्योति संघको प्राविधिक सहयोगमा शिविर भएको हो ।
नगर कार्यपालिका सदस्य देवीमाया योगीको अध्यक्षता तथा वडाध्यक्ष रिखीराज धौरालीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योती संघ गोरखाका अध्यक्ष सित्तलकाजी मास्के, श्यामबाबु श्रेष्ठ, जिल्ला आयुर्वेदका प्रमुख डा. प्रशान्त पण्डित, नगर स्वास्थ्यका कृष्ण अधिकारी, आयुर्वेद प्रमुख हितकाजी श्रेष्ठ, वडा सचिव सोम बहादुर खड्का लगायतले मन्तव्य राखेका थिए ।




