| बुधबार, कार्तिक २५, २०८३

गोरखाली मतदाताले म र प्रधानमन्त्रीलाई माइक्रोस्कोपले हेरिरहेका छन् : सांसद बजगाई


बूढीगण्डकी जलविद्युत आयोजनाको काम यथासीघ्र सुरु गर्न प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईँले ध्यानाकर्षण गराएका छन् । संसदमा बोल्दै बजगाईले राष्ट्रिय गौरवको योजना भएकाले यसको निर्माण कार्य सुरु गर्न ढिलाइ गर्न नहुने बताएका हुन् ।


‘म र प्रधानमन्त्री प्रचण्ड चुनाव प्रचारमा हिँडेको ठाउँ हो । हामीले निर्वाचन दौड़मा वुढीगण्डकी परियोजना र पहाडको लाइफलाइन बन्न सक्ने लार्के–ठोरी सडकÞ निर्माण गर्ने अठोट सार्वजनिक गरेका थियौ । गोरखाका मतदाताले मसहित सम्माननिय प्रधानमन्त्रीलाई माइक्रोस्कोपले हेरिरहेका छन्’, उनले भने ।


आफ्नो निर्वाचन क्षेत्र पूरै छिचोल्न पूरै एक महिना पैदल पैदल हिँड्नु पर्ने बाध्यता रहेको भन्दै उनले सदनमा निर्माणाधीन उत्तर–दक्षिण राजमार्गलाई तिब्रता दिनुपर्नेमा जोड दिए । ‘हेलिकप्टरबाट उद्धार गरिएन भने नयाँ आमाहरूको ज्यान जान्छ । हामी समाचार पढिरहन्छौ र निदाउँछौ’, उनले भने, ‘ निषेधित क्षेत्रमा उड्डयन अनुमतिमा विलम्ब गरिन्छ । न स्वास्थ्य केन्द्रहरू को द्रुत विकास भएको छ !’


गोरखामा बस्ती स्थानान्तरण वा एकीकृत बस्ती निर्माण र जडिीबुटी विकास जरुरी रहेकाले ती विषयहरूको अध्ययनका लागि दक्ष विज्ञ समूह निर्माण गर्ने प्रस्ताव उनले राखे । उत्तर दक्षिण राजमार्ग निर्माण भइरहेको मनास्लु क्षेत्रमा वैकल्पिक पदमार्ग, गोरखकाली मनकामना जोड्ने सडक र कृषि उपजको चिस्यान केन्द्र निर्माणमा जोड दिए ।


६५ बर्षअघि दलाइ लामा नेपाल हुँदै भारत पसेपछि भड्किएको खम्पा बिद्रोह साम्य पार्न निषेधित गरिएको मनास्लु क्षेत्र अहिलेसम्म त्यही बहानामा निषेधितै राख्नु कत्तिपनि नसुहाउने भन्दै उनले त्यसलाई पूर्ण रुपमा खुल्ला गर्नुपर्ने माग गरे ।

‘१९ मार्च १९५९ मा, दलाई लामा भारत निर्वासनमा गए । तिब्बत चीनमा गाभियो । देशको विलय हुँदा हजारौं तिब्बतीले नेपालमा शरण खोजेका थिए । तिब्बती खाम्पाहरूलाई विदेशी शक्तिहरूले पीएलए विरुद्ध लामो युद्ध लड्न सैन्य सहयोग गरिएको भन्ने सुन्छौ’ सदनमा बोल्दै उनले भने, ‘सियूचाटार एअरपोर्ट बाट साना जहाजहरू जोमसोम उडथे । खम्पा गुरिल्ला निशस्त्रीकरण भएको ६ दशक भैसक्यो । अहिले पश्चिमाहरू बेइजिङ, चाइना, ल्हासा, हुँदै सगरमाथा आधारशिविरसम्म निर्विवाध घुम्न सक्छन् तर, तिब्बतसंग जोडिएका हिमाली पदमार्ग खम्पा निशस्त्रीकरण भएपनि आजसम्म त्यहि बहानामा बन्दको बाकसभित्र छौँ । निषेधित क्षेत्रबाट बिरामीहरू मृत्यु पछि उद्धार गरिरहेका छौँ ।’

त्यसैले मनास्लु क्षेत्र पूर्ण रुपमा खुल्ला हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्