
तमु जातिको ‘ल्होसार’ पर्वको अर्थ र महत्व
टेक बहादुर पुंगी लम् तमु :
यस २०७९ साल पुस १५ का दिन ङिमा ल्होके तमु ल्होसारको महान पर्ब `ह्युइ´ ल्होसार महोत्सबको रुपमा मनाउँने तयारी भईरहेको सन्दर्भमा म तमु प्ये ल्हु संंघ नेपालको केन्द्रीय सल्लाहकार सदस्य तथा हाल तमु ह्यूला छोँज धीँ गुरुङ राष्ट्रिय परिषद नेपालको केन्द्रिय सल्लाहकार सदस्य भएको नाताले तमु ल्होसारको सम्बन्धमा छोटो परिचय दिन पाउँदा हर्षित छु ।
साथै अब आउँन लागेको ल्होसार महोत्सबको कार्यक्रमले हामी तमु जातिहरुको परम्परा धर्म संस्कार र संस्कृतिको क्षेत्रमा, आर्थिक उन्नति र प्रगतिको क्षेत्रमा, कुनै पनि कुरामा राजनिती बिनाको बिषय बस्तुहरु अपाङ्ग हुने हुँदा राजनैतिक क्षेत्रमा पनि सफल बन्न तथा आधुनिक फिलिमी दुनियामा मनको तृष्ण मेटाउनका लागी, मनोरञ्जनको क्षेत्रमा, प्राबिधिक र शैक्षिक क्षेत्रमा तथा खेलकुद क्षेत्रमा समेत सधैँ उन्नति र प्रगति हुँदै जाओस् भन्ने कामना गर्दछु ।
संसारकै रमाइलो प्राकुतिक संरचनाको धनि तथा प्राकृतिक सून्दर्यताले सजिएको यो सुन्दर नेपाल आमाको हिमालीकाखमा रहेको हामी हिमाली भूमिपुत्र तमु जातिहरु तथा संसारमा प्रथम बिश्व युद्धमा सन १९१४ देखि १९१८ सम्म र दोस्रो बिश्व युद्ध सन १९३९ देखि १९४५ सम्मको बिशाल बिश्व युद्धको कालमा भिसि प्राप्त बिर गोरखालीको नामबाट चिनिने बिश्व प्रख्यात हामी तमु जातिहरु यस बर्षको ‘ह्युइ’ ल्होसारको महान पर्ब मनाउँन गहिरहेको सन्दर्भमा सम्पूर्ण तमु जातिहरुलाई फेरीशुभकामना दिन चाहन्छु ।
संसारमा समयअनुलमा मात्र प्रजन्नन् हुने १० वटा जीब जनावरहरु र २, वटा पञ्छीको नामबाट प्रख्यात महान पर्ब तमु ल्होसार, च्यु ल्हो, ल्वोँ ल्हो, तो अर्थात (ता ल्हो) ह्युइ ल्हो, मुप््रही ल्हो, सप््रही ल्हो (प्रि ल्हो) त ल्हो, ल्हु ल्हो, प्र ल्हो, च्ह्य ल्हो, खी ल्हो, फो ल्हो गरी यि माथि उल्लेखित ल्होहरु आ– आफ्नो बर्गमा त्यो एउटा ल्हो शक्तिशाली बलवान श्यर भएर आउँने र त्यो ल्हो स्यारासी हुने हुँदा प्रत्येक बर्ष पुस १५,को बिहान पच्यु गुरुले त्यसको रक्षाको निमित्त क्ष्योपा त्हेँ गर्दछन, क्ल्हेबृँ गुरुले थासोँ, क्ष्यासोँ त्हेँ गर्दछन, प्राकृतिक बोन लम गुरुले पार्ग त्हेँ गर्दछन । यो अक्ष्यंशाको आधारमा फरक फरक समय अनुकुल मंगोलियन समुदायहरुले मनाउँने महान पर्ब हो ।
यसै गरी यो पर्बलाई साईबिरिया) रशियाका पूर्बी भूभाग, उत्तर कोरिया, दक्षिण कोरिया, चिन, जापान, ताईवान, मकौउ, ईन्डोशिया, मंगोलिया, थाईल्यान्ड, हङकङ, बर्मा, सिङगापुर, श्रीलङ्का, भुटान, नेपाल, भारतको उत्तर खण्ड, सिक्किम, दार्जलिङ्घ, सिम्ला हिमाञ्चल प्रदेश, जम्मु कास्मीर, ल्येलदक, तिब्बत तथा बेलायत, अमेरिका, कुबेत, साउदी, दुबाई, हङकङ, कतार, जर्मान, फराँस, स्पेन, पर्जुकल, नर्वाई आदि धेरै देशहरुमा रहेका नेपाली तमु, गुरुङ जातिले यो ‘ह्युइ! ल्होसारको महान पर्ब मनाउँने तयारीमा जुटेको देख्न पाउँदा हर्षित छु ।
यति संसारमा पृथ्बीले सूर्यलाई परिक्रमा गर्दा पृथ्बी ६६.५० डिग्री ढल्केको कारण दिन र रात अक्षंशाको आधारमा लामो र छोटो हुने समयको हिसाबले मनाउँने ङिम ल्होके ल्होसार पर्ब मनाउने समय फरक भए पनि सबैको एकै किसिमको ल्हो ल्होसारको नाम मिल्ने भएकाले यति संसार फैलिएको ल्होसार पर्ब दुई, चार हजार बर्ष मात्र नहुन सक्छ ।
पुस १५, को ङिमा लोके तमु ल्होसार तमु जातिहरुको एउटा प्राचीन पर्बको चिनारी हो । ल्होसार भनेको तमु जातिको एउटा सामाजिक संरचनाको प्रमुख विशेषता पनि हो । ल्होसार आदिमकाल देखि तमु जातिको जैविक बिबिद्धता, सामाजिक संरचना र सांस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मुख्य पर्व पनि हो ।
सव भन्दा पहिले तमु जातिको ल्होसार नश्लको हिसावले आदिम साम्यवादी युग देखि सुर्यलाई आधार मानि पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा र पृथ्वीको उत्तरी ध्रुर्व तिर सूर्र्य नजिक पर्न जाने र कहिले दक्षिण ध्रुर्व तिर सूर्यको नजिक पर्न जाने क्रममा ६÷६ महिना पुस १५ र असार १५ मा समय परिवर्तन हुन्छ भनेर आदिमकालमा तमुु जातिहरुको खेगी गुरु ज्यूहरुले निर्धारण गरी राखेको ल्होसार पर्ब हो भन्ने कुरा पुरानो तमु चिबहरु भन्नु हुन्छ ।
सब भन्दा लामो रात हुने झन् पुस १४ का राती बन जंगलमा सानो फिस्टे चरा पनि भोकले ३ मुर्छा पर्छ भन्ने कथन छ । त्यसैले १४ पुस राती मध्यरातबाट धेरै पहिलेका तमु जातिहरुले बत्ती बाली खेमा राख्ने चलन पनि थियो । खेमा राखि सके पछि रात भरी क्रमश : अलि–अलि बन तरुलहरु र रोटी रक्सीहरु खाइ रहनु पर्ने भन्ने परम्पराको किम्बदन्ती पनि छन । प्राकृतिक बोन संस्कार अनुसार १५ पुसलाई नै आधार मानि तमु जातिहरुले आफ्नो ल्होसार पर्व राखेको पाइन्छ ।
तमु भाषामा बर्ग भनेको बर्ष हो । साधारण भाषामा उही नामको पुरानो ल्हो नै फेरि फेरि फर्केर आउने भए तापनि प्राय तमु जातिले ल्हो भनेको वर्ग, सार भनेको नयाँ भन्ने अर्थ लगाउँछन् । तर ल्हो बास्तबमा नयाँ आउने नभै पुरानै ल्हो घुमिफिरी आउने हो । ल्होसार आउन लागेपछि मन उल्लास खुशी भएर आउने भएकाले त्यसैअनुसार नै प्रत्येक पुस १५ नयाँ ल्होसार भनेर मनाउँदै आएको पनि पाइन्छ । तर ल्होसार नयाँ होईन तमुहरुको महान पर्बचाहिँ हो ।
पुस १४ मा तो ल्होको विदाई र पुस १५ मा `ह्युइ´ ल्होको स्वागत गर्दै सम्पूर्ण तमु जातिको ‘छै’ अर्थात आयु बढोस भन्दै निधारमा सेतो टिका लगाई शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यसभित्र बुझ्नुपर्ने एउटा कुरा, साल सम्बत जस्तो नयाँ आउने होइन, प्रत्येक बाह्र–बाह्र बर्षमा त्यही नामको ल्हो दोहोरिएर आउँदा ‘नयाँ’ भन्नु भन्दा महान पर्व ल्होसार भन्नु उपयुक्त हुन्छ ।
तमु जातिहरुको एक बर्षमा एउटा ल्होकोर पुरा हुने भन्ने परम्परा पनि रहेको पाईन्छ । प्रत्येक १२÷१२ बर्षहरुमा आउने आ–आफ्नो पुरानो त्यही ल्हो र त्यो ल्हो फेर्न एक बर्ग लाग्छ त्येसलाई नै तमु भाषामा ल्होकोर भन्ने परम्परा छ । तमु जातिहरुले मनाउदै आएको ल्हो १० वटा जीब जन्तुहरु तथा २, वटा पञ्छीहरुको नामले सजिएको हुन्छ ।
आफु जन्मेको ल्होकोर पूरा हुन १३ बर्ग लाग्छ । सुरुमा १३ बर्गमा मात्र फेरि आफ्नो त्यही नामको ल्हो आउँछ, त्यसलाई १, ल्होकोर भन्ने परम्परा छ । त्यसैको आधारमा ल्होसार मनाउँदै आएका हुन् । तमु जातिको परम्परा अनुसार सुरुमा १३ बर्गमा १ ल्होकोर, एउटा ल्होकोर पूरा हुन्छ । त्यसपछि १२÷१२ बर्गहरुमा एक ल्होकोर पूरा हुदै जान्छ । २५ बर्ग दुई ल्होकोर, ३७ बर्गमा ३ ल्होकोर, ४९ बर्गमा ४ ल्होकोर, ६१ बर्षमा ५ ल्होकोर हुदै क्रमशः जान्छ ।
ल्होसारको जन्म पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा प्रत्येक पल पलमा समय फेरिएर उहि आफ्नै ग्यालक्सी सेन्टार, रबी मार्ग को स्थानमा पुगे पछि एउटै समय हुने भएकाले त्यसैको आधारमा ल्होसार पर्व मनाउँदै आएको मानिन्छ ।
कुनै तमु खेगी चिबाहरुले यो ल्होसार आदिम ढुङ्गे युग तथा जंंगली र फिरिन्ते युगमा जो आ–आफ्नो समुहमा भेला बसी जीबीकोपार्जन गर्न बढी फलफुल, माछा र शिकार पाउने क्षेत्रलाई आफ्नो समुहको मुआब्जा बनाउने दिन हो भनेर पनि भन्ने गरेको पाईन्छ । नेपाल र चिनमा सोनाम ल्होसार मनाउँन अब गर्मी सिजन् संंग खेती पाती उपजनी हुने समय सुरु हुदै आयो भनेर ठाउँ अनुसार समय र सिजनको आधारमा मनाउँने गरेको पाईन्छ ।
ल्होसारको एक संक्षिप्त परिचय गराउँनु पर्दा ल्होसारको सुरुवात कसरी भयो भन्ने कुरा आउँछ । ल्होसार हामी तमु जातिहरुको एउटा सामाजिक संरचनाको प्रमुख विशेषता हो । ल्होसार भनेको आदिमकालमा तमु जातिको जैविक, सामाजिक, साँस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मूख्य पर्व पनि हो । सवभन्दा पहिले ल्होसार एशियन् जिन्जहरुको नश्लाका हिसावले आदिम साम्यवादी यूग देखि सूर्यलाई आधार मानि पृथ्वीले सूर्यलाई परिक्रम गर्ने क्रममा र पृथ्वीको उत्तरी धु्रव तिर सूर्य नजिक पर्न जाने पुस १५ देखि समय परिवर्तन हुँदै जाने क्रममा निर्धारण गरेको पाईन्छ ।
आदिमकाल देखि संसारमा मंगोल बर्णका मानब मुल्काहरुले मनाउँदै आएका ल्होसार पर्ब फरक फरक समयमा र पृथ्बीको भूमध्ये रेखाबाट उत्तरी गोलार्थ र दक्षिणी गोलार्थ तिर फरक फरक अक्ष्यांश को आधारमा समय अनुकुल ल्होसार मनाउँदै आएको पाईन्छ ।
(१) ङिमा लोके ल्होसार पुस १५, को महान पर्ब तमु ल्होसार पृथ्वीको भूमध्ये रेखा देखि उत्तर पट्टीको अक्षांश २६०.२२’ उत्तर देखि ३००.२७’ उत्तरमा रहेकाले पुस १५,लाई सिजन र समय अनुकुल तमु जातिको महान पर्बको रुपमा बर्षै बिछे सँधै पुरानो फरक फरक फर्केर आईरहने पुरानो ल्होलाई १२÷१२ बर्षहरुमा फेरी उहि ल्हो पर्न आउँने भएकाले त्यसैको आधारमा पुरानो ल्होलाई कुनै ठाउँहरुमा नयाँ बर्ष भनेर पनि मनाउँने गरेको पाईन्छ । तर ल्हो नयाँ होईन पुरानै ल्हो घुमेर फेरी फर्केर उहि ठाउँमा आई पुग्दा ल्होको महान पर्ब मनाएको मात्र हो ।
आदिमकाल देखि मंगोलिया, साईबेरिया आदि ठाउँहरुमा र चिनमा सोनाम ल्होसार मनाउँनु हुन्छ तिब्बतमा ग्याल्पो ल्होसार मनाउँनु हुन्छ यस्तै संसार भरी बिभिन्न ठाउँ अनुसार अक्षांशको आधारमा र समय अनुकुल फरक फरक समयमा महान ल्होसार पर्बहरु पर्छ भनेर पुरानो तमु चिब बिज्ञ बुढा पाकाहरुको भनाई पाईन्छ । संसारमा प्राकृतिकको नियम अनुसार तल उल्लेखित जीब प्राणीहरु समय र सिजन अनुकुल प्रज्नन् हुन्छ ।
जुन जीब प्राणीहरु प्रजनन्को समयको मतलब हुँदैन त्यो बाहेकको जीब प्राणीहरुलाई आदिम कालमा पनि मंगोल पुर्खाहरुले बर्षको एकपटक मात्र प्रजनन् हुने र चल्ने जीब प्राणीहरुलाई छान्न जान्नु बिज्ञान सम्बाद रहेकोछ । यसैको आधारमा ल्होसारको सृष्टि भएको कुरा तल उल्लेख गरिएको छ । हामी तमु जातिले प्रत्येक महिनाको ङिम गन्दा र छुटाउँदा तल उल्लेख गरे अनुसार दैनिक ङिम गन्ने प्रचलन अजैसम्म रहेको छ ।
नम्बर १, च्यु ल्हो : मंसिर महिनामा सबै तिरबाट अन्न घरमा जम्मा भईसकेर अन्न घरमा थन्क्याएपछि घरमा मुसाको जात्रा हुन्छ । अरुबेला मुसा कम हुन्छ । त्यतिखेर मुसा बेस्सरी फैलन्छ । कार्तिक १५ देखि मंसिर १५ सम्म मुसा प्रजनन् भई च्याँच्याँचिँचिँ कराउँछ । यसैले यो मंसिर महिनाको १ गतेबाट महिना भरी दिन गन्ती गर्दा तमु जातिले च्युङिमबाट क्रमिक रुपले गन्न सुरु गर्दछ ।
नम्बर २, ल्वोँ ल्हो : पुस महिनाको जाडो याममा गाई बस्तुहरु लेकबाट बेसी झर्दा गाई गोरु बेसरी उफ्रन्छन् मात्तिन्छन् ।
त्यस समयमा मंसिर १५ देखि पुस १५ सम्म गाई गोरु प्रजनन् भएर गोरुहरु गाई भएको ठाउँमा जान्छन् र मातिन्छ । यसैले यो पुस महिनाको १ गतेबाट महिनाभरि दिनगन्ती गर्दा तमु जातिले ल्वोँङिमबाट क्रमिक रुपले गन्न सुरु गर्छन् ।
नम्बर ३, तो, (ता) ल्हो : माघ महिनामा बाघ धेरै देखापर्छ यसैले बाघहरु पुस १५ देखि माघ १५ सम्म बाघ प्रजनन् हुन्छ र बाघले बाघेनी खोज्दै हिडछ । यो माघ महिनाको १ गतेबाट महिनाभरी दिन गन्ती गर्दा तमु जातिले तो, (ता) ङिमबाट क्रमिक रुपले दिन गन्न सुरु गर्छन् ।
नम्बर (४) ह्युइ ल्हो : फरकगुण महिनामा बिरालो धेरै देखिन्छ । अरु बेला बिरालो कम हुन्छ । यसैले माघ १५ देखि फागुन १५ सम्म बिरालो प्रजनन् हुने समय भएकाले जाहाँ सुकै बिरालो ङिङय ङुङुङ,ङङार ङुरङुर कराएको सुनिन्छ । यसैले यो फागुन महिनाको १ गतेबाट महिनाभरि दिनगन्ती गर्दा तमु जातिले ह्युइ ङिमबाट क्रमिक रुपले दिन गन्न सुरु गर्छन् ।
नम्बर (५) मुप्रिह ल्हो : चैत महिनामा गिद्धहरु र गरुढहरु धेरै उँडिएर आकाशमा खेलेको देखिन्छ । त्यस समयमा गिद्धहरु र जुरैहरु, चिलहरु, गरुढहरु आकाशमा धेरै नै देखिन्छ । अरु बेला कम देखिन्छ । त्यसैले फागुन १५ देखि चैत १५ सम्म गिद्धहरु, चिलहरु, जुरैहरु र गरुढहरु प्रजनन् हुने समय हो भनेर पुरानो तमु चिब बिज्ञ बुढा पाकाहरु भन्नु हुन्छ । यसैले यो चैत महिनाको १ गतेबाट महिना भरी दिन गन्ती गर्दा तमु जातिले मुप्रही ङिमबाट क्रमिक रुपले दिन गन्न सुरु गर्छन् ।
नम्बर (६) प््िरहल ल्हो, (सप््िरह ल्हो) बैशाख महिनामा जता ततै धेरै सर्पाहरु देखिन्छ । त्यसैले चैत १५ देखि बैशाख १५ सम्म सर्पाहरु प्रजनन् हुने समय हो भनेर उहिलेका बुढा पाकाहरु भन्नु हुन्छ । यसैले यो बैशाख महिनाको १ गतेबाट महिना भरी दिन गन्ती गर्दा तमु जातिले प््िरहल ङिमबाट क्रमिक रुपले दिन गन्न सुरु गर्दछन् ।
नम्बर (७) त ल्हो : जेठ महिनामा घोँडाहरु धेरै चल्छ र मातिन्छ । घोँडाहरु मातिएर घुँडी खोज्दै घुँडीहरु भएको ठाउँहरुमा पुग्दछन् । त्यस समयको बैशाख १५ देखि जेठ १५ सम्म घोँडाहरु प्रजनन् हुन्छ । यसैले यो जेठ महिनाको १ गतेबाट महिना भरी दिन गन्ती गर्दा तमु जातिले त, ङिमबाट क्रमिक रुपले दिन गन्न सुरु गर्दछन् ।
नम्बर (८) ल्हु ल्हो : अषाढ महिनामा भेडाहरु लेकको हिमालय क्षेत्रतिर घास धेरै हुने ठाउँहरु खोजी गर्दै त्यस्तो ठाउँहरुमा गोठ लाँदा भेडाहरु धेरै मातिन्छ र धेरै चल्छ । त्यसैले जेठ १५ देखि अषाढ् १५ सम्म भेडा प्रजनन् हुन्छ । यसैले यो अषाढ् महिनाको १ गतेबाट महिना भरी दिन गन्ती गर्दा तमु जातिले ल्हु, ङिमबाट क्रमिक रुपले दिन गन्न सुरु गर्दछन् ।
नम्बर (९) प्र ल्हो : श्रावण महिनामा लेक र बेसीहरुको खेत बारीहरुमा मकै बालीहरु आदि पाक्न लाग्दा बाँदरहरु खुशी भई खेत बारीहरुमा हुलका हुल आउँछ । अरु समयमा कम देखिन्छ । त्यस समयमा बाँदरहरु धेरै देखा पर्दछ । यसैगरी अषाढ १५ देखि श्रावण १५ सम्म बाँदरहरु प्रजनन् भएर डाँडा, पाखा, बन जंगलका रुखहरुमा बाँदरहरु ङिङेयर ङिङयुर कराएर बेसारी लडछन् र बेसरी चल्छ । यसैले यो श्रावण महिनाको १ गतेबाट महिना भरी दिन गन्ती गर्दा तमु जातिले प्र, ङिमबाट क्रमिक रुपले दिन गन्न सुरु गर्दछ ।
नम्बर (१०) च्या ल्हो : भदौ महिना चरा बर्गको महिना हो । भदो महिनामा मकैबारीहरुबाट मकै भाँची सके पछि अर्थात मकै बारीहरुमा र बन जंगलहरुमा चरा चुरुङ्कीहरु धेरै देखिन्छ र बेसरी बढन थाल्छ र च्याँच्या चिँची कराउँन थाल्दछन् । यसै समयको श्रावण १५ देखि भदो १५ सम्म चरा चुरुङ्कीहरु प्रजनन् भएर च्याँच्या चिँची कराउँछन् । यसैले यो भदो महिनाको १ गतेबाट महिना भरी दिन गन्ती गर्दा तमु जातिले च्या ङिमबाट क्रमिक रुपले दिन गन्न सुरु गर्दछन् ।
नम्बर (११) खि ल्हो : असोज महिना कुकुर बर्गको महिना पर्दछ । अरु महिनाहरुमा कुकुर कम देखिन्छ । यस समयमा कुकुरहरु हुलका हुल भएर हिडछन् । कता कताको कुकुरहरु पनि कुकुरनी भएको ठाउँहरुमा हुलका हुल जम्मा भएर थोप्रिना आउँछ । यसैले यो भदो १५ देखि असोज १५ सम्म कुकुरहरु प्रजनन् भएर चल्ने र कुकुरहरुको जात्रा हुन्छ । यसैले यो असोज महिनाको १ गतेबाट महिना भरी दिन गन्ती गर्दा तमु जातिले खि ङिमबाट क्रमिक रुपले दिन गन्न सुरु गर्दछन् ।
नम्बर (१२) फो ल्हो : कार्तिक महिनामा बन जंगल तिर मृगहरु धेरै देखिन्छ । अरु महिनाहरुमा कम देखिन्छ । त्यस समयमा मृगले मृगिनीलाई खोज्दै कराउँदै कराउँदै लखट्ने र चल्ने गरेको देखिन्छ । यसै समयको असोज १५ देखि कार्तिक १५ सम्म मृगहरु प्रजनन् भएर मृगहरुले मृगिनीलाई खोज्दै हिडछन् । यसै गरी यो कार्तिक महिनाको १ गतेबाट महिनाभरि दिन गन्ती गर्दा तमु जातिले फो ङिमबाट क्रमिक रुपले दिन गन्न सुरु गर्दछन् ।
तमु ल्होसार कसरी सुरु हुदै आयो भन्ने बारे प्रत्येक बर्ष आउँने महान पर्ब पुस १५, को तमु ल्होसारलाई यी माथि उल्लेखित विभिन्न १० वटा जीबजन्तुहरु र २, वटा पञ्छी गरी १२ वटा जीबहरुको नामबाट बिस्तृत जानकारी हुन्छ । त्यसैको आधारमा तमु भाषामा प्रत्येक महिनाको एउटा, एउटा जीबको नामले १२ महिनाको १२, वटा नाम समाबेश गरिएको हुन्छ । त्यसैगरी प्रत्येक दिनको पनि ङिमहरु गन्ती हन्छ र प्रत्येक महिनाको १ गतेबाट ङिम गन्ने सुरु हुन्छ ।
त्यस्तै गरी च्यु ङिम, ल्वोँ ङिम, तो ङिम, ह्युइ ङिम, मुप््िरह ङिम, (सप््िरह)प्रिल ङिम, त ङिम, ल्हु ङिम, प्र ङिम, च्या ङिम, खि ङिम, फो ङिम गरी महिनाको नाम र दिनको पनि १ गते देखि ३० गतेसम्म यही नामले क्रमिक रुपबाट यसरी नै ङिमहरु गन्ती गर्दै ३६५ दिन अर्थात एक बर्ष पूरा गर्दछन् ।
ल्होसारको अर्थ चोँ भाषामा सार भनेको नयाँ र छार भनेको एक बर्गबाट अर्को बर्गमा फेर्ने नयाँ दिन हो । एउटा फूल झ्याँङ्गेर अर्को फुल फक्रेको पनि छार नै भनिन्छ । ल्हो गन्ती गर्दा च्यु ल्होबाट सुरु हुन्छ । फो ल्होमा पुग्दा १२ ल्हो पूरा हुन्छ । १२ ल्हो पुगेपछि एक ल्होकोर भन्ने चलन छ । यो ङिम ल्होके, तोला ल्होसारको सम्बत राख्ने मूल आधार अरु के पनि छैन ।
हाम्रो देशको उत्तरमा रहेको बिशाल देश चिनको मानब शास्त्री तथा समाज शास्त्रीका बिज्ञचाईनाहरुले पनि खोज अनुशन्धानमा लागिरहेको छ । त्यसैले तमु जातिले यो ङिम ल्होके तमु ल्होसार सम्बात खोजी गरी राख्न चाहने हो भने अर्थात मात्र एउटा आधार खोज्ने हो भने हाम्रो ल्होसार पर्ब तमु जातिको तुम्म ममाको उत्पति पछि गुरु झ्यम्मर उत्पति भयो । गुरु झ्यम्मर पछि ५ गुरुमा आ गुरु, ईतम गुरु, ओर्गेन, चितम गुरु, च्यायन गुरुबाट नौ महा गुरु उत्पति गराएको दिन, कुष्मान्त मास अषाढ महिनाको गैहिरु पूर्णिमाका दिन कहिले उत्पति भयो या फ्mूँ ताँ सोँ (चण्टी पूर्णे) त्यस दिन देखि खोजे मात्र निर्णयमा पुग्न सकिन्छ होला ।
त्यस दिन ल्होको प्रस्तब भएको र श्रावण संक्रान्तिका दिन १० वटा जनावर र २, वटा पञ्छी गरी १२, वटा जीबको नामबाट आ–आफ्नो ल्होले राज्य प्राप्त गरी राज्यमा बढाई गरी लुतो पोतो फालेको र ल्होको महोत्वसब चाहिँ रात र दिन लामो र छोटो छुट्टिने पुस १५, मा राखेको पाईन्छ । जुन बर्षमा पुस १५ देखि जुन ल्हो चलेर बर्ष भरी त्यही ल्होले भोग गर्छ । त्यसको बढी शक्तिशाली शेर भएर आउँछ । जुन बर्षमा आउँने त्यो ल्होलाई अरु ल्होबाट असर पार्न सक्छ । त्यसको शक्तिले पनि वरी परी अरु ल्होलाई असर पार्न सक्ने भएकाले त्यो ल्हो स्यारसी भएर आएको हुँदा १२ वटै ल्होलाई नै असर पार्न सक्दछ ।
त्यसैले ल्हो स्यारबको त्हेँ गर्नु पर्छ भनेर पुस १५ को बिहानै तमु बस्तीहरुमा सबै तमुहरु एकै ठाउँमा भेला भई पच्यु गुरुले क्ष्युपा त्हेँ गर्दछ । क्ल्हेबृँ गुरुले थासोँ, क्ष्यासोँ त्हेँ गर्दछ । प्राकृतिक बोम्पो लम गुरुले पार्ग त्हेँ गर्दछन् । यि माथि उल्लेखित तमु खेगी गुरु ज्यूहरुले उल्लेखित ल्होहरु मध्ये बर्षमा आउँने एउटा ल्हो असध्ये शक्तिशाली भएर आउँने हुँदा त्यसको असरलाई रक्षा गर्न र स्यारसीको असरलाई पञ्छाउँने काम गर्दछ ।
त्यसैले १५ पुसका दिन बिहानै प्राकृतिकबादी बोन लम, पच्यु र क्ल्हेबृँले बाह्र ल्हो स्यारसी गर्न ल्होको ग्रह शान्ति पूजा गर्न त्यो क्ष्युपा त्हेँ, थासोँ, क्ष्यासोँ त्हेँ र पार्ग त्हेँ गरी सके पछि याङकु छैकु पूजा गरी सम्पूर्ण जनतालाई ल्होको असर हटाउँन रिपु लगाउँने परम्परा रहेका छन् । त्यस दिन बिहान बोन लम गुरुले पार्ग त्हेँ गर्दछन् ।
किन भने सूर्यले दिशा परिबर्तन गरिसकेको भन्ने परम्परा र मौसम् पनि परिबर्तन हुँदै जाने र १५, पुस देखि दिन लम्बिन्दै जान्छ । रात छोटिन्दै जान्छ । तातो ताप, बढ्दै जान्छ, चिसो कम हुँदै जान्छ । गर्मी सिजन् सुरु हुन्छ । बन जंगलहरुमा झारपात बोट बिरुवाहरु उम्रन थाल्छ । पात झरिसकेका बोट बिरुवाहरु तथा रुखहरुमा नयाँ पालुवा पलाउन थाल्दछन् । फल फुलका बोटहरुमा फूल फुलेर फल फल्न थाल्दछन् । जमिन मुनिका किरा फटेङग्राहरु पनि रमाएर बाहिर निस्केर आ–आफ्नो भाषा र धुनमा गीत गाई उफ्रिन थाल्छन् । बनका चरा चुरुङ्गीहरु पनि आ–आफ्नो जोडी खोजेर गुँड बनाउन थाल्छन् फुल पार्छन र चल्ला निकाल्छन्, हुर्काउँछन् ।
बन जंगलमा अन्य जीबजन्तुहरुले पनि माघ, फागुण देखि ठाउँ अनुसार ठाउँ हेरे र आषाढको १५ सम्म प्राय बच्चा जन्माउन सक्दछन् यी सबै प्रकृतिकै नियमको आधारमा चलेको देखिन्छ । चोँ भाषा अनुसार धवाताङ्बो भनेको पहिलो महिना भनिन्छ र संसारमा पहिलो महिना पुस महिनालाई मान्दै आएको पाइन्छ ।
म एउटा प्राकृतिक पूरानो बोन धर्म संस्कार र संस्कृतिमा आस्था र बिश्वास राख्ने ब्यक्ति भएकाले प्रत्येक ढुङ्गा ढुङ्गामा प्राकृतिक दैबिकशक्ति हुन्छ र प्रत्येक डाँडाकाँडा भञ्ज्याङका यम्पो देउरालीहरुमा प्राकृतिक दैबीकशक्ति छन् भनेर बिश्वासमा हिडने ब्यक्ति आज भोली संसारका धर्म ग्रन्थहरु अध्यायन गर्दै गर्दा जुन धर्म ग्रन्थमा पनि एक अर्काको बिरुद्धमा खण्डन गरेको देख्छु । एउटा उखान कुवा कुवाको पानी भिन्न भिन्नै हुन्छ र मान्छे मान्छेमा बिचार भिन्न भिन्नै हुन्छ भन्य जस्तो लाग्छ । यसमा तमु जातिले महान पर्बको रुपमा मनाउदै आएको ङिमा ल्होके तमु ल्होसार विज्ञानमा आधारित छ ।
कारण समय परिवर्तनको आधारमा मनाउँदै आएको पाईन्छ । कुनै तमु बस्तीहरुमा आफ्नो तमु जाति भित्र जो जस्को जन्म बर्ष अर्थात ल्हो र जन्म महिना पर्छ उसैको शक्ति अली बढीनै शक्तिशाली भएर बर्ष भरी अघि र पछि चन्चलता हुन्छ । त्यसैले माथि उल्लेख बमोजिम उनीहरुको आयु बढोस भनेर त्यस पुस १५ को दिन बिहानै पच्यु, क्ल्हेबृँ र बोन लम गुरु ज्यूहरुले ल्हो स्यारबा भनेर ल्हो पूजा गरी छै आयुको लागी छै आयुको पूजा गर्दछ र सबैलाई प्ल्हखुँ गरी रिपु लगाई दिने परम्परा रहेको छ ।
अन्तमा, तमु ल्होेसार ङिमा लोके ‘ह्युइ’ ल्होसार आगमनको सन्दर्भमा नेपाल लगायत संसारका बिभिन्न प्रबासहरुमा बसोँबास गर्ने नेपाली तमु दाजु ,भाई, दिदी, बैनी, बुबा, आमाहरु सबैलाई सुख शान्ति समृद्धि र दिर्घायु रहोस् भनी ‘ह्युइ’ ल्होसारको शुभकामना ।
………………………
टेक बहादुर पुंगी लम् तमु
तमु प्ये ल्हु संघ तथा तमु ह्यूला छोँज धीँ
गुरुङ रा.प.को केन्द्रिय सल्लाहकार सदस्य
धार्चे गा.पा.वडा नं. ५, याम गाउँ
उत्तरी गोरखा ।




