| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा क्षेत्र नम्बर १ मा मतगणना सुरु


गोरखा क्षेत्र नम्बर १ मा मंगलबार बिहान दस बजेबाट मतगणना सुरु भएको छ । गोरखा सदरमुकाम स्थित मुख्री निर्वाचन अधिकृतको कार्यालयमा मत मतगणना सुरु भएको हो ।
प्रतिनिधि सभा , प्रदेश सभा र समानुपातिक तर्फको एकै साथ गणना सुरु भएको हो ।
बिहान सात बजेबाट सुरु गर्ने भनिए पनि सर्वदलीय बैठक ढिला हुदा गणना ढिलो गरि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्