
प्रशासनको अगुवाईमा गोरखामा सरसफाई
गोरखा नगरपालिकाको कट्टेलचोकदेखि आयुर्वेदीक चोक सम्म सरसफाई गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाको अगुवाईमा गोरखा नगरपालिका, सुरक्षा निकाय, गोरखा उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स, टोल विकास संस्था लगायतको सहयोगमा सरसफाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रङगत बरालले बताए ।
सडक दुर्घटना न्यूनिकरण गर्ने, समुदायमा सफलाई संस्कृतीको विकास गर्न, समुदाय सँग सम्बन्ध सुमधुर बनाउन सरसफाई कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी संकरहरि आचार्यले बताए ।
सडक छेउको घाँस, झाडी काटिएको, फोहोर बडार्ने, टिप्ने गरिएको र फोहोर जथाभावि नफाल्न माईकिङ गरेर सचेतना पनि गरिएको थियो । संकलन भएको फोहोरको उचित ब्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।




