| शनिबार, कार्तिक २८, २०८३

सिरानचोकमा उद्योग बाणिज्य संघको ईकाई गठन

गोरखा उद्योग बाणिज्य संघले सिरानचोक गाउँपालिकास्तरीय इकाई गठन गरेको छ । संघका सदस्य गोबिन्द गुरुङ र चन्दनबाबु खत्रीको उपस्थितिमा इकाइ गठन भएको हो ।

सो इकाईको अध्यक्षमा राजु श्रेष्ठ रहेका छन् । समितिको उपाध्यक्ष राजकुमार गुरुङ, सचिवमा हरि थपलिया, कोषाध्यक्षमा बाबा श्रेष्ठ र सदस्यहरुमा जितेन्द्रबाबु श्रेष्ठ, मदन श्रेष्ठ, कन्चन श्रेष्ठ, निर्मला बगाले, बिनय पौडेल रहेका छन् । पालिकास्तरीय इकाई गठन गरेर त्यस क्षेत्रका ब्यवशायीको हक हितमा काम गर्ने योजना अनुसार गठन गरिएको उद्योग बाणिज्य संघ गोरखाले जनाएको छ ।

पालिका भित्रका सहरउन्मुख बजार क्षेत्रका ब्यवशायीलाई पनि संगठित गर्ने उद्देश्य संघको रहेको संघका अध्यक्ष जिवनज्योती श्रेष्ठले बताए । संघ गठनपछि सिरानचोकका ब्यवशायी खुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस्