
सुलिकोटमा आँखा शिविर सुरु
लायन्स आँखा अस्पताल गोरखाको प्राविधिक सहयोग र बारपाक सुलिकोट गाउँपालिकाको आयोजना आँखा शिविर सुरु भएको छ । बिहिवारदेखि सुरु भएको आँखा शिविरमा पहिलो दिन एक सय ४२ जनाले आँखा जाँच गराएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले बताए ।
जाँच गराएका मध्ये १३ जनाको शल्यक्रिया गर्नुपर्ने भेटिएको छ । पुस २२ गते सम्म चल्ने शिविरकै क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई पनि निशुल्क गाउँमै सेवा दिने गाउँपालिकाले जनाएको छ । शिविर वडा नम्बर ७ मा चलेको छ भने अन्य वडाबाट पनि सर्वसाधारणले सेवा लिएका छन् ।
बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र कृषि उत्पादन बढाउने र माटो अनुकुल खेतीगर्न किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले माटो जाँच सुरु गरेको छ । माटोको गुणस्तर कस्तो छ ? अम्लिय पन कति छ ? भनेर नपजाँच गरिएको हो । बिहिवारदेखि सुरु भएको माटो जाँच शिविर उद्घाटनको क्रममा गाउँपालिका अध्यक्ष विष्णु भट्ट उपाध्यक्ष सनमाया गुरुङ, कृषि ज्ञान केन्द्र गोरखाकी प्रमुख मनिता थापा लगायतले मन्तब्य राखेका थिए ।
शिविर शुक्रवार पनि चल्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले बताए । माटो जाँच शिविर हुनु अघि प्राविधिकहरुले माटोको नमुना समेत परीक्षण गरेका थिए ।




