| शनिबार, कार्तिक २८, २०८३

गोरखाको पालुङ्टारमा सुरु भयो आँखा उपचारकेन्द्र

 

गोरखाको पालुङ्टारमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । आयुर्वेदिक औषधालय ठाँटीपोखरीमा स्थापित आँखा उपचारकेन्द्रको पालुङ्टार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले उद्घाटन गरेकी हुन् ।

नेपाल नेत्रज्योति संघ, जिल्ला शाखा गोखाका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न केन्द्र उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उपमेयर बसेल, विशेष अतिथि नेत्रज्योति संघका प्रदेश प्रमुख दिलबहादुर क्षेत्री, हिमालयन आँखा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट इन्द्र महर्जन, लायन्स क्लव अफ गोरखाका अध्यक्ष अच्यूतलाल श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघ, पालुङटार बजार इकाइका अध्यक्ष आशिष देवकोटा, नेत्रज्योति संघ गोरखा शाखाका उपाध्यक्ष सितलकाजी मास्के, सचिव रामबाबु जोशीलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

हिमालयन आँखा अस्पताल पोखरा र लायन्स क्लव अफ गोरखाको सहयोगमा नेत्रज्योति संघले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्